भेषजराज साहित्य सम्मानद्धारा ज्ञवाली सम्मानित
वालिङ, १२ चैत्र :
भेषजराज साहित्य प्रतिष्ठानको नियमित रचना वाचन शनिबार सप्तकसंगित विद्यालय वालिङ ८ जैसिपँधेरामा सम्पन्न भएको छ । प्रतिष्ठानको नियमित रचना वाचनमा ५९औँ शृङखला तथा सम्मान कार्यक्रम एवं आजिवन सदस्यता वितरण गरिएको हो । कार्यक्रममा भेषजराज साहित्य सम्मानद्धारा गल्याङ ११ दिमिका नेपाली भाषा साहित्यका साधक नारायणप्रसाद ज्ञवालीलाई सम्मान गरिएको छ ।
प्रतिष्ठानले हरेक महिना नियमित रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । विभिन्न विद्यालय तथा भिन्न भिन्न स्थानमा गएर साहित्यीक प्रतिभा प्रस्फुटन गराउने प्रतिष्ठानको प्रयास रहेको छ । कार्यक्रममा कल्पना आर्यल, मिलन समिर, कमल बगाले, दमकुमारी बगाले, प्रदिप बगाले, प्रेमराज अधिकारी, शान्ता थापा, बविन पाठक, कृष्णप्रसाद पंगेनी, बोधराज न्यौपाने, सम्मानित व्यक्ति ज्ञवाली, लक्ष्मी काफ्ले न्यौपानेले प्रतिष्ठानको आजिवन सदस्यता लिनुभएको हो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष विष्णुप्रसाद अर्याल, पुर्णामृत भवानी माध्यमिक विद्यालयका अध्यक्ष कल्पना अर्याल, लेखनाथ काफ्लेले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा एक दर्जन बढीले आफ्ना साहित्यीक रचनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सप्तकसंगित विद्यालयका सञ्चालक देवराज गैह्रे र धन्यवाद प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो । कार्यक्रममा बाल प्रतिभा अन्र्तगत संस्कृति गैह्रेले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


