कार्यसम्पादन मूल्यांकनमा आँधीखोला गाउँपालिका जिल्लाकै उत्कृष्ट, देशभर नवौं स्थानमा

स्याङजा :

देशभरका स्थानीय तह मध्य कार्यसम्पादन मूल्यांकनमा स्याङजाको आँधीखोला गाउँपालिका उत्कृष्ट नवौं उत्कृष्ट स्थानमा पर्न सफल भएको छ । स्याङ्जा जिल्लाका स्थानीय तह मध्येमा आँधीखोला उत्कृष्ट बनेको छ ।

नेपाल सरकार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन सूचकको मुल्याङ्कन प्रतिवेदन हालै सार्वजनिक गरेको हो । स्याङ्जा जिल्लाका स्थानीय तहहरु मध्ये आँधीखोला गाउँपालिका ७४.९४०४ नम्बर सहित पहिलो स्थानमा परेको हो ।कार्यसम्पादनमा सहयोग गरी पालिकालाई अग्र स्थान हासिल गर्न सहयोग गर्ने जनप्रतिनिधिहरू सहित सबै कर्मचारी तथा नगरबासीमा पालिका अध्यक्ष विश्वनाथ पौडेलले आभार व्यक्त गरेका छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP