रोयल सहकारीको साधारणसभा तथा मुक्तिनाथ विकास कृषि श्रोत केन्द्रको उदघाटन
भवानी अधिकारी :
रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा तथा मुक्तिनाथ विकास कृषि कम्पनी लिमिटेड श्रोत केन्द्रको उदघाटन गरिएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित सहकारी संस्थाको तल्लो तलामा कृषि कम्पनी स्रोत केन्द्र राखिएको छ ।
दुबै कार्यक्रमको उदघाटन गर्दे पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले कृषिका माध्यमबाटै ठूला र विकासिल राष्ट्रले उन्नती गरेको बताउनुभयो । नेपालमा कृषिका लागि धेरै सम्भावना भएर पनि सो बमोजिम काम गर्न नसकेकाका कारण खर्वौं रुपैया बराबरका खाद्य सामाग्री आयात गर्नु परेको उहाको भनाई छ । उहाले पुतलीबजार नगरपालिकाले युवा लक्षित कृषि योजना ल्याउनेगरी काम थालनी गरेको वताउदै आगामी दिनमा कृषि साझेदारी ऐन बनाएर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष एवं प्रदेश सांसद मिनप्रसाद गुरुङ्, मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष खगेन्द्रराज रेग्मी र भरतप्रसाद लम्साल, सार्वजनिक निजी सामुदायिक साझेदारी कार्यक्रमका निर्देशक केशवराज लम्साल, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख इश्वरीप्रसाद अर्याल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले शुलभ ऋण, प्रबिधिमैत्री उपकरणको उपयोग गर्दे कृषिका माध्यमबाट ब्यावसायिक बन्नु पर्नेमा जोड दिनुभएको थियो ।
रोयल सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनुगमन समितिका संयोजक भवानीप्रसाद पोखरेलले स्वागत एवं लेखा समिति संयोजक देवराज ढकालले धन्यवाद र सचिव प्रकाश डोटेलले संचालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा नियमित बचतकर्ता भन्दै पुतलीबजार नगरपालिका हरिनारायण शर्माालाई सम्मान गरिएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


