आजदेखि एमडीएमएस कार्यान्वयनमा, कस्ता मोबाइल चल्ने, कस्ता नचल्ने ?
काठमाण्डाै :
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुँदैछ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो ।
आज दिउँसो ललितपुरमा एक कार्यक्रम गरेर प्राधिकरणले एमडीएमएस कार्यान्वयनको सुरुवात गर्दैछ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।
आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । तर अब मोबाइल किन्दा mdms.nta.gov.np मा गइ दर्ता भए/नभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
यस्तै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


