२०७८ सालको मदन पुरस्कार नवराज लम्सालको अग्नि महाकाव्यलाई
काठमाण्डौ : २०७८ सालको मदन पुरस्कार अग्नि महाकाव्यका लागि नवराज लम्साललाई प्रदान गरिने भएको छ ।
आज बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
२०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।
यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, वसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, नारायण पौडेलको लिच्छवि लिपि, नीलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए ।
यस्तै यस वर्षको जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुनुहुन्छ ।
८२ वर्षका श्रेष्ठले कथा, कविता, उपन्यास, निबन्ध र समालोचनामा कलम चलाउँदै आउनुभएको मदन पुरस्कार गुठीले जनाएको छ ।
गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा–श्री सम्मान प्रदान गर्दै आएको छ । दुवै पुरस्कारको राशि चार लाख नगदसहित सम्मानपत्र रहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


