वालिङमा उद्यमशीलता बिकास तालिम शुरु
खगीन्द्र पौडेल/वालिङ :
वालिङमा उद्यम्शीलता बिकास तालिम शुरु भएको छ । घरेलु तथा साना उद्योग बिकास समिति स्याङ्जाको आयोजना र वालिङ नगरपालिका, उद्यमशीलता,व्यशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको समन्वयमा तालिम शुरु भएको हो ।
तालिमको शुभारम्भ गर्दै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले उद्यम्शीलताको बिकास बिना उत्पादन र उत्पादकत्व बृद्धि हुन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘सही समयमा सही काम गर्ने अवस्था सिर्जना गर्न उद्यमशीलता बिकास तालिम निक्कै उपयोगी हुनेछ ।’
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाका प्रमुख श्रीप्रकाश रेग्मी,दियालो संस्थाका अध्यक्ष कविता तिवारी, प्रशिक्षक राम प्रसाद तिवारी,वालिङ ९ का कार्यबाहक वडा अध्यक्ष दिपक श्रेष्ठ,दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतले बोलेका थिए ।
१० दिन सम्म सञ्चालन हुने तालिममा २० जना उद्यमीहरुको सहभागिता रहेको छ ।





समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


