थपिए २६२ कोरोना संक्रमित, ४ जनाको मृत्यु ।

 

काठमाण्डौ
पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिएका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार १३३८ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएका छन् ।त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । हाल देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन् ।

Facebook Comments Box
TOP