थप ५ हजार २९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु ।
काठमाण्डौ
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका थप ५ हजार २९२ जना नयाँ संक्रमित थपिएका छन्
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी ५ हजार ७२० जनाको एन्टीजेन परीक्षणमा १ हजार ८२० जनामा कोरोना संक्रमण देखिएको हो । दुबै विधिबाट गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ । सोमबार ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् । कूल संक्रमितमध्ये अहिलेसम्म ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।योसंगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ७४३ पुगेको छ । हाल देशभर गरेर ७९ हजार २७२ जना सक्रिय संक्रमित छन् । तीमध्ये ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


