४४ औँ रचना वाचन सम्पन्न
वालिङ :
भेषजराज साहित्य प्रतिष्ठानले नियमित रूपमा सञ्चालन गर्दै आएको रचना वाचनको ४४ औँ शृङ्खला पुस २८ गते वालिङ -८, भीमटारी स्याङ्जामा सम्पन्न गरेको छ । भेषजराज साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार डा. अच्युतशरण अर्यालको प्रमुख आतिथ्य र प्रतिष्ठानका आजीवन सदस्य प्रदीप बगालेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथि कवि कमल बगाले,कवयित्री दमकला बगाले र भीमटारी युवा क्लबका अध्यक्ष सूर्य प्रसाद रेग्मीले कार्यक्रमको सफलताको शुभकामना सहित आआफ्ना कविता प्रस्तुत गर्नु भएको थियो । तस्तै कार्यक्रममा युवा स्रजकहरू कृष्ण अर्याल, श्याम अर्याल, शिव अर्याल, सुधीर कोइराल लगायतले कविता र मुक्तक प्रस्तुत गर्नु भएको थियो । यसै कार्यक्रममा आमाहरू सीता अर्याल, चन्द्रकला सुवेदीले पनि नीतिउपदेशहरू सुनाउनु भएको थियो । दुई दर्जन स्रष्टाहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


