कृति विमोचन तथा श्रष्टा सम्मान

वालिङ :
वालिङमा कृति विमोचन तथा श्रष्टा सम्मान कार्यक्रम गरिएको छ । सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेश, हरिदेवि कोईराला साहित्य संगित राष्ट्रिय सम्मान कोष कास्की र बैकल्पिक बाटो पृथक पाईला सृजनात्मक अभियान स्याङ्जाको आयोजनामा कृति विमोचन तथा श्रष्टा सम्मान गरिएको हो । हरिदेवि कोईराला साहित्य संगितले वालिङ २ निवासी वरिष्ठ बाल साहित्यकार देविप्रसाद वनबासीलाई सम्मान गरेको छ ।

नगद २५ हजार, दोसल्ला र सम्मानपत्रले वरिष्ठ साहित्यकार वनबासीलाई सम्मान गरिएको हो । सम्मान गर्नुहुँदै नगरप्रमुख दिलिपप्रताप खांणले वरिष्ठ साहित्यकार वनबासी सिंगो ईतिहास भएकाले भन्दै उहाँले साहित्यमा धेरै योगदान पु¥याउनुभएको बताउनुभयो । साथै प्रमुख खांणले समाज रुपान्तरणका लागी साहित्यीक सृजना हुनुपर्ने भन्दै समाजका वस्तुस्थितिलाई साहित्यले छर्लङ पार्ने बताउनुभयो । साहित्य समाजको ऐना भएकाले समाजलाई सकरात्मक बाटोमा अगाडि बढाउन साहित्यले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, सम्मानित वरिष्ठ साहित्यकार देविप्रसाद वनबासी, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्णप्रसाद पौडेल, साहित्यकारहरु टुकादेवि कोईराला, प्रा.डा यामबहादुर पौडेल, लक्ष्मीप्रसाद रेग्मी, ताराप्रसाद तिमल्सीना, छन्दमणी त्रिपाठी, लिलि अधिकारीलगायतका साहित्यकारहरुले रचना वाचन गर्नुभएको थियो । बैकल्पिक बाटो पृथक पाईला सृजनात्मक अभियान स्याङ्जाका अध्यक्ष शम्भु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका स्वागत वसन्त खनाल र सञ्चालन मिलन समिरले गर्नुभएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP