स्याङ्जाका पालिका प्रमुखहरुको सहभागितामा कोभिड–१९ को प्रभाव र न्यूनीकरण बारे अन्तरक्रिया ।
स्याङ्जा:
स्याङ्जा परिवार दक्षिण कोरियाको आयोजना तथा स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे-बुसान शाखा र थेगु शाखाको सह–आयोजनामा स्याङ्जाका पालिका प्रमुखहरुको आतिथ्यमा जूम भर्चुअल माध्यमाबाट कोभिड–१९ को प्रभाव र यसको न्यूनीकरण बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
जूम भर्चुअल मार्फत भएको कार्यक्रमको विशेष अतिथिहरुमा पुतलीबजार नगरपालिकाका मेयर सिमा क्षेत्री, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरी, गल्याङ नगरपालिकाका मेयर भुपराज अधिकारी, भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनाल, बिरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्मा, हरिनाश गाउँपालिकाका अध्यक्ष श्री खिम नारायण मानान्धर, आँधिखोला गाउँपालिकाका अध्यक्ष श्री सुदिर कुमार पौडेल, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष श्री खिम बहादुर थापा, फेदिखोला गाउँपालिकाका अध्यक्ष श्री घनश्याम सुवेदी, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घ नारायण अर्याल र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष जीवन न्यौपाने रहनुभएको थियो ।
कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे –बुसान शाखाका अध्यक्ष कमल अर्याल, स्याङ्जा परिवार थेगु शाखाका अध्यक्ष बिष्णु वाग्ले, स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय सल्लाहकार नर कुमार गुरुङ, सल्लाहकार किसान गुरुङ र बरिष्ठ सल्लाहकार कुमार थापाले संस्थाले आफ्नो गृह जिल्ला स्याङ्जा भित्र गरेका हालसम्मका विभिन्न गतिविधि, सहयोग र आगामी दिनमा गर्न सकिने सम्भावित कार्ययोजनाको बारेमा संक्षिप्त जानकारी सहित आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । अतिथिहरुले आ–आफ्नो नगरपालिका र गाउँपालिकाका क्षेत्रहरुमा वर्तमान अवस्थामा आफुले गरेका भोगेका अनुभव र कोरोना न्यूनीकरणका निमित्त गरेका प्रयास र आगामी कार्ययोजना र बिपद व्यवस्थापनबारे प्रष्टाउनुभएको थियो ।
बिरुवा गाउँपालिकाका अध्यक्ष चुन प्रसाद शर्माले स्याङ्जा परिवार दक्षिण कोरियाको गतिविधि र प्रस्तावहरुले आफ्नो मन अति छोएको र आउदा दिनमा सहयोगको अपेक्षा समेत रहेको बताउँदै कोभिडलाई अन्त्य गर्न आफ्नो दायित्व हो त्यो पूरा गर्नेछु र सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने दृढता व्यक्त गर्नुभएको छ । त्यसैगरी कालीगण्डकीका अध्यक्ष खिम बहादुर थापा ज्युले यस्तो महामारीको अवस्थामा सम्झिनुभई अमूल्य समय दिनु लभएकोमा धन्यवाद दिनुहुँदै कालीगण्डकी गाउँपालिकामा कोरोनाबाट धेरै प्रभावित भएको तर हाल नियन्त्रणमा आएको बताउँदै गाउँपालिका उन्नतिको लागी यसै गरि आगामि दिनमा सहयोगको अपेक्षा राख्नुभएको छ । चापाकोट नगरपालिकाका प्रशासकीय अधिकृत श्री ध्रुव खनालले कोरोना केही नियन्त्रणमा केही सहज वातावरण भएको र नगरपालिकाले संक्रमितलाई खाना, बस्न निःशुल्क व्यवस्था, नियमित औषधी वितरण गर्ने समूह बनाएको र मानव स्वास्थ्यलाई अझ राम्रो गर्न अक्सिजन प्लान बनाउने योजना गरेको बताउनुभयो ।
आँधिखोला गाउँपालिकाका अध्यक्ष श्री सुदिर कुमार पौडेलले अक्सिजन प्लान्ट सहित अस्पताल सञ्चालन गर्न लागेको बताउनुभएको छ । त्यस्तै वालिङ नगरपालिकाका प्रमुख श्री दिलिप प्रताप खाँणले कार्यक्रममा उपस्थिति जनाउने अवसर र थोपाथोपामा सहयोग गर्ने वचन दिनुभएकोमा आभार प्रकट गर्नु भएको छ। केहि हप्ता अघि कोरियाबाट सवा चार लाख रुपैंया सहयोग रकमबाट संक्रमितलाई निःशुल्क उपचार खानाको व्यवस्था घरघरमा पुगेर काउन्सिलिङ गर्ने, औषधि वितरण गरेको बताउँदै अझ ब्यापक तयारीको लागीे निरन्तर मन र सहयोगको अपेक्षाका साथ धन्यवाद दिनुभएको थियो ।
त्यसैगरि भीरकोट नगरपालिकाका प्रमुख श्री छाँयाराम खनालले सबै गाउँगाउँमा कोभिड आक्रान्त बनाएको र हाल केही नियन्त्रण भएको बताउँदै कालिका अस्पतालमा महाबीर पुनको अविस्कार केन्द्रबाट डाइरेक्ट बेडमा अक्सिजन आउने प्लान्ट बन्दै गरेकोे बताउनुभएको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्रीले स्याङ्जा परिवार दक्षिण कोरियाले कार्यक्रममा जोडिने मौका दिनुभएको हार्दिक धन्यवाद दिदै कोभिड केही नियन्त्रणमा रहेको र एम्बुलेन्स नभएको कारण जिपलाई नै एम्बुलेन्सको प्रयोजनमा ल्याईएको, प्रत्येक वडामा होम आइसोलेशन निरीक्षण समूह खटाईएको तथा स्थानमा सडकबत्ती र सीसी क्यामेरा जडान गरेको बताउनुभयो । प्रवासबाट आफ्नो गाँस कटाएर सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।
स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष श्री विजय थापाले आगामी दिनहरुमा गृह जिल्लालाई निरन्तर रुपमा विभिन्न सहयोग उपलब्ध गराउन संस्था कटिबद्ध रहेको धारणा राख्नु भयो ।क्रमैंसँग कार्यक्रममा सबै पालिका प्रमुखहरुसँग सम्बन्धित पालिकाका व्यक्तिहरुले आ–आफ्नो प्रश्न, जिज्ञासा र सुझाव प्रस्तुत गरि अन्तर्क्रिरया गरिएको थियो । संस्थाका केन्द्रीय उपाध्यक्ष भक्त थापाको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रम केन्द्रीय सल्लाहकार लेसन गुरुङको जूम भर्चुअलको विशेष सहजीकरणसँगै कार्यक्रम सञ्चालन केन्द्रीय सचिव श्री माधव अर्यालले गर्नुभएको थियो । कार्यक्रम स्याङ्जा परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष विजय थापाको अध्यक्षतामा ज्येष्ठ २३ गते आइतबार सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…