यस वर्षको मनसुन नेपाल भित्रियो, एक/दुई दिनमा देशभर फैलने, सतर्कता अपनाउन आग्रह
काठमाडौं : यस वर्षको मनसुन नेपाल भित्रिएको छ । सामान्यतया नेपालमा १० जुनमा मनसुन भित्रिने गरे पनि यस वर्ष एक दिन ढिला गरी भित्रिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको छ ।
पूर्वी ठाउँबाट भित्रिएको मनसुन अबको एक/दुई दिनमा नै देशैभरि फैलने जनाइएको छ ।
मनसुन भित्रिएकाले आउँदो हप्ता देशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा ठूलो वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन पनि भनिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…