गल्याङ ११ मा ३७ परिक्षणमा ३२ जनामा नेगेटिभ, पाँच पोजिटिभ
गल्याङ :
गल्याङ नगरपालिका नम्बर वडा -११, तुलसीभञ्ज्याङका ३७ जना स्थानीयवासीहरुकोे परिक्षण गरिएकोमा पाँच जनामा पोजिटिभ देखिएको छ ।
गल्याङ नगरपालिकाकाले हालै गाउँ तथा टोलमा पुगेर परिक्षण गर्ने गरेको छ । यसै क्रममा विहीबार तुलसीभञ्ज्याङका स्थानीयवासीका कोरोना परिक्षण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा संयोजक गुनेन्द्र राना, गल्याङ नगर अस्पतालका चिकित्सक निरञ्जन चौधरी सहितको टोलीले एण्टिजिन परिक्षण गरेको थियो ।
गल्याङ नगरपालिका वडा नम्बर ११ का अध्यक्ष शंकरदेब अधिकारी तथा वडा सदस्य गोपाल भण्डारीले घर-घर पुगेर निशुल्क परिक्षण गर्ने कार्यक्रममा सहभागी हुन जनसमुदायलाई आग्रह गर्नुभएको थियो ।
गल्याङ नगरपालिकामा अहिले कोरोनाको संक्रमण कमी भएको स्वाथ्य शाखा संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


