गल्याङ ११ मा ३७ परिक्षणमा ३२ जनामा नेगेटिभ, पाँच पोजिटिभ

galang corona

गल्याङ :
गल्याङ नगरपालिका  नम्बर वडा -११,  तुलसीभञ्ज्याङका ३७ जना स्थानीयवासीहरुकोे परिक्षण गरिएकोमा पाँच जनामा पोजिटिभ देखिएको छ ।
गल्याङ नगरपालिकाकाले हालै गाउँ तथा टोलमा पुगेर परिक्षण गर्ने गरेको छ । यसै क्रममा विहीबार तुलसीभञ्ज्याङका स्थानीयवासीका कोरोना परिक्षण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा संयोजक गुनेन्द्र राना, गल्याङ नगर अस्पतालका चिकित्सक निरञ्जन चौधरी सहितको टोलीले एण्टिजिन परिक्षण गरेको थियो ।
गल्याङ नगरपालिका वडा नम्बर ११ का अध्यक्ष शंकरदेब अधिकारी तथा वडा सदस्य गोपाल भण्डारीले घर-घर पुगेर निशुल्क परिक्षण गर्ने कार्यक्रममा सहभागी हुन जनसमुदायलाई आग्रह गर्नुभएको थियो ।
गल्याङ नगरपालिकामा अहिले कोरोनाको संक्रमण कमी भएको स्वाथ्य शाखा संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP