आइतबार गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, ५९ जना कोरोनामुक्त
स्याङजा : आइतबार पोखराका २२ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका २६२ जनामा गरिएको परीक्षण मध्ये थप ३६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्किको पोखरा महानगरका २२ जना, तनहुँका २ जना, लमजुङका १ जना, पर्वतका १ जना, बाग्लुङका ७ जना र म्याग्दी जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार एकसय ६४ पुगेको छ । जसमा सक्रिय संक्रमित ५४५ छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ५९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४ सय २२ पुगेको छ भने, गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण १९७ जनाले ज्यान गुमाईसकेका छन् ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


