आइतबार गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, ५९ जना कोरोनामुक्त

corona virus

स्याङजा : आइतबार पोखराका २२ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका २६२ जनामा गरिएको परीक्षण मध्ये थप ३६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्किको पोखरा महानगरका  २२ जना, तनहुँका २ जना, लमजुङका १ जना, पर्वतका १ जना, बाग्लुङका ७ जना र म्याग्दी जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार एकसय ६४ पुगेको छ । जसमा सक्रिय संक्रमित ५४५ छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ५९ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४ सय २२ पुगेको छ भने, गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण १९७ जनाले ज्यान गुमाईसकेका छन्  ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP