गण्डकी प्रदेशमा सोमबार ८६ संक्रमित थपिए

स्याङ्जा : गण्डकी प्रदेशमा सोमबार ८६ कोरोना संक्रमित थपिएका छन् । २ सय १२ स्वाब परीक्षण गर्दा ४ जिल्लाका ८६ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीका ६८, नवलपुरका १०, तनहुँका ६ र स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको हो ।

योसहित प्रदेशमा संक्रमित संख्या १३ हजार ४ सय २१ पुगेको छ । संक्रमितमध्ये ११ हजार ६ सय ७६ जना निको भएका छन् । १ सय ८४ जनाको मृत्यु भएको छ ।

कास्कीका १०३, नवलपुरका २०, तनहुँका २०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जनाको मृत्यु भएको हो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP