गण्डकी प्रदेशमा सोमबार ८६ संक्रमित थपिए
स्याङ्जा : गण्डकी प्रदेशमा सोमबार ८६ कोरोना संक्रमित थपिएका छन् । २ सय १२ स्वाब परीक्षण गर्दा ४ जिल्लाका ८६ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कास्कीका ६८, नवलपुरका १०, तनहुँका ६ र स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको हो ।
योसहित प्रदेशमा संक्रमित संख्या १३ हजार ४ सय २१ पुगेको छ । संक्रमितमध्ये ११ हजार ६ सय ७६ जना निको भएका छन् । १ सय ८४ जनाको मृत्यु भएको छ ।
कास्कीका १०३, नवलपुरका २०, तनहुँका २०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जनाको मृत्यु भएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


