अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदै, ट्रम्प र वाइडेनबीच प्रतिष्पर्धा ।
काठमाडौं : अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ ।
निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीका तर्फबाट जो वाइडेनबीच मुख्य प्रतिष्पर्धा हुँदैछ ।
जो वाइडेन पहिलो पटक राष्ट्रपतिय निर्वाच्नको प्रतिष्पर्धामा रहनुभएको छ भने ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी प्रतिष्पर्धामा रहनुभएको छ ।
दुवै प्रतिष्पर्धीले चुनाव प्रचार प्रसारका क्रममा आफ्नो जित सुनिश्चित भएको दावी गर्दै आएका छन् ।
चुनावी नतिजा फेरबदल गर्नसक्ने एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, पेन्सलभेनियालगायतका राज्यको मत निर्णायक हुने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एबिसी न्युजले २ दिनअघि गरेको गरेको मत सर्वेक्षणमा वाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखाएको थियो ।
तर मत सर्वेक्षणलाई हारजितको आधार भने मान्न सकिँदैन । अक्टोबर २९ देखि ३१ सम्म भएको मत सर्वेक्षणमा ५७ प्रतिशत मतदाताले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ट्रम्पको कार्यशैली नरुचाएको देखाएका थिए ।
तर अर्थतन्त्रका सन्दर्भमा भने ट्रम्पर्लाइ ५५ प्रतिशत नागरिकले रुचाएका थिए । अमेरिकामा प्रत्येक राज्यको मतदानको मतका आधारमा त्यहाँको इलेक्टर चयन हुन्छ, जसले अन्त्यमा राष्ट्रपतिचयन गर्छ ।
अमेरिकामा कूल ५ सय ३८ इलेक्टर चयन हुन्छन् । तीमध्ये एक सय सिनेटर हुन्छन् भने चार सय ३५ जना प्रतिनिधि मानिन्छन् ।
बाँकी तीन जना इलेक्टर वासिङ्टन डीसीबाट चयन हुन्छन् । तीनै इलेक्टरले अमेरिकी राष्ट्रपति चयन गर्नेछन् ।
राष्ट्रपतिका लागि इलेक्टरले आगामी डिसेम्बर १४ तारिखसम्म मतदान गर्नेछन् । सो मतदानमा २ सय ७० मत ल्याउने उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुने कानुनी व्यवस्था छ ।(एजेन्सी)
–यसरी हुँदैछ अेमेरिकी राष्ट्रपतिको चुनाव ! (जान्नै पर्ने तथ्य र जानकारी सहित)
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…