यसरी हुँदैछ अेमेरिकी राष्ट्रपतिको चुनाव ! (जान्नै पर्ने तथ्य र जानकारी सहित)
खुमकान्त अर्याल :
३ नोवम्वरमा अेरिकामा हुनलागिरहेको ५९ औं राष्ट्रपतिको चुनावमा कसलाई मत दिने भनेर सायद अमेरिकीहरुले निधो गरिसकेका छन् । रिपव्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारमा बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प छन भने डेमेक्रेट पार्टीबाट वाराक ओवामाको पालामा २ पटक उपराष्ट्रपति भैसकेका जोइ वाईडेन छन । चुनाव प्रचार प्रसार र उम्मेदवारहरुको राष्टिय वहसले यतिवेला अमेरिका मात्र होइन कुन उम्मदेवारले जितेमा के हुने भनेर विश्वभर चर्चा चलीरहेको छ ।
अलि नौलो लाग्ने खालको निर्वाचन प्रकृया भएको अमेरिकी राष्ट्रपतिको चुनावमा तोकिएको निर्वाचन तिथी भन्दा ४।५ दिन अगाडि देखीनै आफ्रनो मत हुलाकबाट पठाएका छन् कतिले भने ८ करोड जतिले त अर्लि मतदान पनि गरिसकेका छन् । ४ वर्षको कार्यकाल हुने अमेरिकी राष्ट्रपति, राष्ट्र प्रमूख तथा देशको मुख्यकार्यकारी हुन जो संग राज्य संचालनको शक्ति सम्पन्न अधिकार रहेको हुन्छ । हाम्रो देशको राष्ट्रपतिको आलंकारीक भूमिका मात्र हुन्छ राज्य संचालनको शक्ति प्रधानमन्त्रीमा रहेजस्तै अमेरिकामा राष्ट्रपतिमा रहन्छ । हामी कंहा राष्ट्रपति अप्रतक्षरुपमा निर्वाचित हुन्छन भने अमेरिकामा प्रतक्ष र अप्रतक्ष मिश्रित प्रणालीबाट हुन्छ । ५० राज्य भरीबाट ५३८ इलेक्टोरल कलेजलाई प्रतक्ष मतदान दिएर जनताले निर्वाचित गर्दछन र विजयी यी कलेजहरुले राष्ट्रपति तथा उपराष्ट्रपतिकाे उम्मेदवारलाई मतदान गर्दछन । यसमा जुन उम्मेदवारले २७० मत ल्याउन सफल हुन्छन उनी अमेरिकी राष्ट्रपति घोषित हुन्छन । ५० राज्यहरु भएको अमेरिकाको हाउस अफ रेप्रेजेन्टेटीभमा जम्मा ४३५ सदस्य हुन्छन, राज्यको जनसंख्या समेतका आधारमा राज्यबाट निर्वाचित हुने जति साँसद हुन्छन त्यो संख्या र माथिल्लो सदनमा हरेक राज्यबाट जाने २ साँसद समेत जोड्रदाको संख्या जति हुन्छ त्यतिनै संख्यामा त्यस राज्यबाट राष्ट्रपतिलाई मतदान गर्ने प्रतिनिधीको संख्या निर्वाचित गरिन्छ यहि निर्वाचित प्रतिनिधिको समुहलाई इलेक्टोरल कलेज भनिन्छ ।
४३५ साँसद मध्ये हाउसअफ रेप्रेजेन्टेटिभ को कति सदस्य संख्या त्यस राज्यले पाएको छ त्यही संख्या र सिनेट मा जाने हरेक राज्यको २ प्रतिनिधी समेत जोड्रदा जति संख्या हुन्छ त्यस राज्यमा त्यतिनै संख्याको इलेक्टोरल कलेजको निर्वाचन गरिन्छ । जस्तै तल्लो सदनको ४३५ सिट मध्ये जनसंख्याको आधारमा क्यालिफोर्निया राज्यले तल्लो सदनमा ५३ सिट पाएको छ भने २ सिट सिनेटको थप्दा ५५ भयो, अव हरेक दलले इलेक्टोरल कलेजको लागि त्यस राज्यमा ५५ जाना उमेदवार निर्वाचनमा उठाएका हुन्छन ।
इलेक्टोरल कलेजको संख्या देशमा तल्लो सदनमा रहने ४३५ माथिल्लो सदनको १०० गरी ५३५ संख्या र राजधानीको क्षेत्रवाट ३ समेत थप गरी जम्मा ५३८ जना इलेक्टोरल कलेजको संख्या निर्धारण गरिएको छ । ३ नोवम्वरमा यिनै ५३८ कलेजहरुको लागि मतदान हुदैछ । निर्वाचनमा विजयी कलेजहरुले डिसेम्वर महिनाको दोश्रो वुधवार पछिको सोमवार राष्ट्रपतिका लागि मतदान गर्नेछन र कलेजहरुको भूमिका र पद पनि समाप्त हुनेछ । यँंहा निर अर्को विशेष व्यवस्था के रहेछ भने जुन राज्यमा सवैे उमेदवारले प्राप्त गरेको मत संख्या जोड्रदा जुन पार्टिको कूल मत वढी आएको छ त्यस राज्यका विजयी सवै इलेक्टोरल कलेजहरुले पपुलर मत वढी ल्याउने पार्टीको राष्ट्रपतिको उमेदवारलाई मतदान गर्नुपर्ने छ आर्को पार्टीकोलाइ दिन्न भन्न पाइदैन । देशको समग्र मत गन्दा आउने पपुलर मतले निर्वाचनको परिणामलाई असर गर्दैन तर राज्यस्तरको पपुलर मतले निर्वाचन परिणामलाई प्रभावित गर्दछ । जस्तै क्यालिफोर्निया राज्यका ५५ वटै क्षेत्रको इलेक्टोरल कलेजहरुले प्राप्त गरेको कुल मत मध्ये जुन पार्टीले वढी ल्याएको छ सवै कलेजहरुले त्यस दलको राष्ट्रपतिको उम्मेदवारलाई भोट दिनुपर्ने छ यसैलाई विनर टेक अल भनिन्छ । जस्तै क्यालिफोर्निया राज्यमा डोनाल्ड ट्रम्प तर्फका ३० कलेजले जिते र वाइडेन तर्फकाले २५ वटामा जिते तर कूल मत परिणाम हेर्दाे ट्रम्पले सो राज्यमा वढी मत पाएका रहेछन भने वाइडेनको तर्फबाट विजयी २५कलेजहरुले पनि ट्रम्पलाई मतदान गरी कूल ५५ कलेजहरुकै मत ट्रम्पले पाउनछेन र यसमा विश्वासघात गरिदैन भनेर अनुमान गर्ने परम्परा रहेको छ । यस्तो विनरटेक अल को व्यवस्था ४८ राज्यमा छ भने मेइन र नेव्रास्का २ वटा राज्यमा भने विजयी कलेजहरुको जीतको अनुपात वा मतको आधारमा इलेक्टर्सको भागलगाएरै मतदान गर्दछन ।
यसपटक डिसेम्वर १३ मा विजयी कलेजहरुले राष्ट्रपतिका २ उम्मेदवारलाई मतदान गर्ने दिन परेको छ, । त्यसपछि ५ जनवरीको दिनमा देशको राजधानीमा दुवै सदनको संयुक्त वैठक डाकिने छ त्यँहा मतगणना गरी ५० प्रतिशत भन्दा वढी अथवा २७० इलेक्टोरल मतल्याउने उम्मेदवारलाई ६ जनवरीको दिनमा संसदमा विजयी राष्ट्रपतिको घोषणा गरिन्छ र विजयी राष्ट्रपतिले २० जनवरीका दिनमा पदवहाली गरी अमेरिकी राष्ट्रपतिको हैसियतले काम सुरु गर्नेछन । पार्टीहरुको देशभरीको कूलमत जोडदा आउने पपुलर मत थोरै आएपनि राष्ट्रपतिको उम्मेदवारले इलेक्टोरल मत २७० नघाएर राष्ट्रपति वन्ने संभावना हुन्छ । अमेरिकाको गत निर्वाचनमा देशभरीबाट डेमेक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको मत करिव ३० लाख धेरै थियो, तर हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल मत ३०० भन्दा वढी ल्याएर विजयी भएका थिए ।
हाम्रो जस्तै संसदीय व्यवस्था भएका मुलूकमा पार्टिका २।४ जाना हाईकमाण्ड वसेर राष्ट्रपति प्रधानमन्त्री तथा सांसदको उम्मेदवार तोक्छन टिकट दिने गर्दछन निर्वाचनको मैदानमा उतार्दछन तर अमेरिकामा हरेक उम्मेदवारको प्रारम्भिक लोकपृयताको परीक्षण गरेर मात्र उम्मेदवार तोक्ने गरिन्छ र जंहा पनि ५० प्रतिशत भन्दा वढीले रुचाईएको व्यक्तिलाई पार्टीले टिकट दिनेगर्दछ । अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुन भन्दा १४। १५ महिना अगाडिबाटै इच्छुक उम्मेदवारहरुले देशभरीका सवै राज्य तथा काउन्टीमा पुगेर आफ्रनो उम्मेदवारीका वारेमा जानकारी दिन्छन । राष्ट्रपतिका उम्मेदवार छनौट प्रयोजनका लागि दुवै दलहरुले नेशनल कन्भेन्सनमा प्रतिनिधिहरु पठाउँछन । नेशनल कन्भेन्सनमा जसले वढी मत ल्याउछ उसलाई त्यस पार्टीको राष्ट्रपतिको उम्मेदवार तोकिन्छ ।
अमेरिकामा पनि हाम्रो देशमा जस्तै संघीय दुई सदन छन । तल्लो सदन हाउसअफ रेप्रेजेन्टेटिभमा ४३५ सदस्य हुन्छन र यसको हरेक २ वर्षमा चुनाव गरिन्छ । माथिल्लो सदनलाई सिनेट भनिन्छ र यसमा १०० सिट हुन्छ र यो सभाका सदस्य मध्ये ३३ प्रतिशतको पदावधि हरेक २ वर्षमा सकिने भएकोले हरेक २ वर्षमा ३३ जना सिनेटरहरुको निर्वाचन गरिन्छ । दुवै सदनका साँसदहरु प्रतक्ष जनताको मतदानबाट चुनिएका हुन्छन । राष्ट्रपतिको निर्वाचनको लागि इलेक्टोरल कलेजलाई मतदान गर्दा हरेक मतदाताले हाउस अफ रेप्रेजेन्टेटिभ, सिनेट सदस्य तथा हरेक राज्यको गभर्नर समेत ४ पदको मतदान गर्दछन र केही राज्यमा यही वखत राज्य सरकारको लागि पनि चुनाव गरिन्छ । यसले गर्दा एउटै समय र खर्चमा धेरै निर्वाचनका कामहरु सम्पन्न गरिन्छ आगामी ३ नोवम्वरमा यी चुनावहरु पनि सम्पन्न हुन्छन । २ वर्षको आकोै हाउस अफ रेप्रेजेन्टेटिभको चुनावमा रापट्रपतिको पार्टिले हार्न सक्ने संभावना पनि हुने हुदा निर्वाचित राष्ट्पति संसदमा कहिलेकाँही अल्पमतमा पर्ने संभावना पनि हुन्छ तर अमेरिकी राष्ट्रपतिको धेरै अधिकार हुने भएकोले अल्पमतमा रहेर पनि काम चाँही रोकिदैन ।
। अमेरिकाको राष्ट्रपतिका,े अर्थ, आप्रवास र विदेश नीति, प्रयावरण , आँतकवाद, रक्षा,क्षेत्रीय शान्ती तथा विकासका नीतिहरुले सन्सारका धेरै देशहरु प्रभावित हुने भएकोले पनि आसन्न नोवम्वर ३ को अमेरिकी राष्ट्रपतिको निर्वाचनका वारे वैश्विकस्तरमा व्यापक चर्चा परिचर्चा चलेको छ । हामी नेपालमा वसेका छौ तर हामीले नै भोट दिने जसरी डोनाल्ड ट्रम्पलाई हराउन पछर्, जिताउन पर्दछ भन्ने मान्यता वनाई रहेका छौ । हामी मात्र होर अहिलेको सन्सारका सवै विकसित मुलुक भारत चीन जापान र युरोप देखी अफ्रिका सम्मका धेरै देशहरुमा आफनै देशकोे चुनाव जस्तै मानेर नियाली रहेका छन यो चुनाव । कुनै देशमा जँहा कहिल्यै जनताबाट प्रतक्ष मतदान गरी जनताका प्रतिनिधि चुनिदैनन ती देशहरुले समेत इन्टरनेटमा अमेरिकी राष्ट्रपतिका उम्मेदवारका कपोलकल्पित सुचना तथा विवरण प्रयोग गरेर आँफु अनुकूलको राष्ट्रपति विजयी होस भनेर चुनावको नतिजा प्रभावित गर्ने सम्मका कामहरु भएको भनेर आरोप लगाएको पनि सुन्ने गरिन्छ । अमेरिकाको गत निर्वाचनमा रसियाले चुनाव प्रभावित गरेर अहिलेका राष्ट्रपतिले चुनाव जितेको भनेर चर्चा समेत चलेको थियो ।
सवै देशहरुले प्रतक्ष अप्रतक्षरुपमा हालका अमेरिकी राष्ट्रपतिका उम्मेदवार प्रति समर्थन र विरोध जनाएका स्वर तथा संकेतहरु देख्न सकिन्छ । एक हिसावले यो नै अमेरिकी लोकतन्त्रको महत्वपुर्ण आकर्षण हो । हामीकंहा जस्तोसुकै उम्मेदवार होस काङरेसले काङरेसी उम्मेदवारलाई कम्युनिस्टले कम्युनिस्टलाई भोट दिने परम्परा भए जस्तै अमेरिकाका केही राज्यहरुमा पनि परम्परा देखी रिपव्लिकन पार्टीलाई जिताउने राज्यहरु रहेछन जसलाई रेड स्टेट र डेमोक्रयाटलाई जिताउने राज्यहरुलाई व्लुकलर स्टेटको रुपमा मानिदो रहेछ । राष्ट्रपतिको उम्मेदवारको भावी कार्यक्रम, क्षमता हिजोको व्यवहार जस्ता कुराहरुलाई मुल्याँकन गरी राम्रो लागेका उम्मेदवारलाई जिताउने न्युट्रल भोटरहरु भएका राज्यहरु पनि धेरै नै छन यस्ता राज्यहरुलाई स्विङ स्टेट भनिदो रहेछ । न्युट्रल भोटरहरु नै निर्णयक हुनेहुदा यीनीहरुको मत आकर्षित गर्ने विभिन्न रणनीति र कार्यक्रम गर्ने गर्दारहेछन उम्मेदवारहरुले । अमेरिकामा धेरै आप्रवासीहरुको वसोवास भएकोले आप्रवासीहरु प्रती उदार रहने उम्मेदवार प्रती आप्रवासी मतदाताहरुको झुकाव हुने गर्दछ भने रैथाने अमेरिकीहरु खास गरी करको दर, स्वास्थ्य वीमा, सुरक्षा, वेरोजगारी, शेयरको मुल्य, आर्थिक वृद्दि, वैदेशिक नीति तथा सहयोग र अमेरिकी मुल्य मान्यता तथा अन्तराष्ट्रिय प्रतिष्ठा कायम गर्न सक्षम उम्मेदवारको कार्यक्रमलाई हेरेर मतदान गर्ने गर्दछन । अमेरिकी राष्ट्रपति निर्वाचनको आर्को एउटा सुन्दर परम्परा के छ भने राष्ट्रपतिकाउम्मेदवारहरुले ३ पटक सम्म र अन्त्यमा उपराष्ट्रपतिका उम्मेदवारले तमाम श्रोताहरुको माझमा रहेर आपसिक वहस गर्दछन, आफना भावी कार्यक्रम, हाल सम्मको योगदान क्षमता जस्ता विषयमा उम्मेदवारलाई विशेष पत्रकार वसेर दोहोरो छलफल गराउदछन, र एकले आर्कोलाई प्रश्न प्रतिप्रश्न पनि गर्ने गर्दछन । पत्रकारले तैयार गरेका प्रश्नावली को वारेमा उसको धारणा र प्रस्तुतिको यो वहसलाई हेरेर पनि अमेरिकी मतदाताहरुले कुन उम्मेदवार ठीक छ भन्ने विषयमा धारणा गराउदछन । अहिलेकै सन्दर्भमा कोभिड १९को संक्रमण,यसको उपचार,आर्थिक मन्दि, वीमा, करका वारे धेरै छलफल भएको थियो र छलफल पछिको सर्वेहरुले अहिले सम्म रिपव्लिकन पार्टिका उम्मेदवार जो वाइडेन हालका राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा केही अगाडी देखिएका छन । गैर कानुनी आप्रवाशीहरु प्रति अलि कठोर भएको, संस्थागत कर घटाएका,े अनिवार्य वीमालाइ एृच्छिक वनाएको तथा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्नैवारेमा सकृय भएको भनेर अमेरिकी राष्ट्रियताका वारे अलि कट्रटर धारणा भएका मतदाताहरु डोनाल्ड ट्रम्प संग खुसी भएका पनि देखिएका छन । कोभिडमा पुर्वसतर्कतामा हेलचक्याई गरेको, काला जातिहरु प्रति समान व्यवहार गर्न नसकेको तथा अन्तराष्ट्रिय स्तरमा अमेरिकी उपस्थितिलाई कमजोर वनाएकाे वैश्विकस्तरको अमेरिकी अग्रताको, नेत्रृत्वको परम्परालाई कायम गर्न नसकेको र अलि उदार हुन नसकेको जस्ता केही आरोपहरु ट्रम्पलाई लाग्ने गरेको छ ।
अमेरिकी निर्वाचनले नेपालको अर्थतन्त्र तथा राजनीतिमा पनि धेरैनै महत्व राख्दछ । हाम्रो देशका धेरै सक्षम जनशक्तिहरु, विध्यार्थीहरु,र साधारण नागरिकहरु अमेरिकामा वसीरहेका रोजगारीमा अनुशन्धानमा सामेल छन र हाम्रो रेमिट्रयान्सको करिव ३० प्रतिशत हिस्सा अमेरिका वाट आउने गरेको छ । अमेरिकी सहयोगमा सन्चालनमा रहेका धेरै विकास निर्माण तथा सहयोग आयोजना तथा कार्यक्रमहरु छन । अमेरिकी राजनीतिमा, अर्थतन्त्रमा कुनै मन्दी आउने वित्तिकै हाम्रो उपरोक्त धेरै विषयहरु प्रभावित हुने गर्दछ । अमेरिकी समाज, त्यँहाको लोभलाग्दो स्वतन्त्रता, शैक्षिक अवसर, रोजगारी र व्यक्तिगत विकासको आकर्षणले गर्दा धेरै नेपालीहरु अहिलेपनि अमेरिका जानको लागि प्रयास गरिरहेका छन । यति सम्मकि अमेरिकी राजनीति तथा अर्थतन्त्रको खुलेर आलोचना गर्नेहरु पनि भित्रभित्रै अमेरिका जाने भिसा आवेदन भर्नेहरु धेरै हुन्छन, ई डिभि भर्ने धेरै छा,ै विध्यार्थी भिसा आवेदन भर्नेको संख्या त झन धेरैछदै छ जे भनेपनि स्वतन्त्रता सवैलाई प्यारो लाग्दो रहेछ । अमेरिका लोकतन्त्रको अभ्यास गर्ने नमुना देश भएकोले विश्वभरको लोकतन्त्रको विकास तथा सुद्दृढीकरणकोलागि यसको अलग महत्व त छदैछ त्यसमा पनि निर्वाचनमा त्यस्तो राष्ट्रपतिले विजय हासील गरुन जसले नेपाल अमेरिका सम्वन्ध उचाइमा पुर्याउन मद्दत गरुन,नेपाली आप्रवासीहरुको संरक्षण गरुन,जसले नेपालको रेमिटेन्स, अर्थतन्त्र तथा पुर्वाधार तथा सुशासन विकासमा सहयोग पुग्न सकोस । यही ३ नोवम्वरमा हुनलागेको ५९ औं अमेरिकी राष्ट्रपतिको लागि हुने सन्सारकै नमुना लोकतान्त्रिक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न हुन सकोस, हार्दिक शुभकामना ।
(लेखक अर्याल नेपाल सरकारका सेवा निबृत्त अधिकृत हुनुहुन्छ )
समाचार
थप सामाग्री-
मुक्तिनाथ फाउन्डेसनले वाषिकोत्सवको अवसरमा वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण
-
गल्याङमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न ।
-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
६ दिन अगाडि
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…