“कविताको कुरा” कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न ।
स्याङ्जा : वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ , स्याङ्जाद्वारा वि.सं. २०७७ कार्तिक १५ गते शनिबारदेखि हरेक पन्ध्र दिनको अन्तरालमा अर्थात् पाक्षिक रूपमा नियमित आयोजना गरिदै आइएको कविता केन्द्रित कार्यक्रम ” कविताको कुरा ” को दोस्रो शृङ्खला सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको सन्दर्भमा स्याङ्जाली युवाकवि वसन्त खनालको घर ( वालिङ – १४ , गाएडाँडा ) को आगनमा अनौपचारिक रूपमा आयोजना गरिएको ” कविताको कुरा ” कार्यक्रमको पहिलो चरणमा ” नयाँ कविताको कुरा ” अन्तर्गत – वसन्त खनाल , लक्ष्मी रेग्मी खनाल , अनन्त अर्याल , सागर काफ्ले , शम्भु अर्याल र मिलन समीरद्वारा सबैभन्दा पछिल्लो समयमा लेखिएको कविता सुनाइएको थियोे ।
.

दोस्रो चरणमा ” मन परेको कविताको कुरा ” अन्तर्गत – सुर्यप्रसाद खनालद्वारा मोदनाथ प्रश्रीतको … शीर्षकको कविता , अनन्त अर्यालद्वारा तीर्थ श्रेष्ठको ” आमा – १ ” शीर्षकको कविता , वसन्त खनालद्वारा शम्भु अर्यालको ” हतभागी छोरा ” शीर्षकको कविता , मिलन समीरद्वारा भुपिनको ” कवि नभएको भए ” शीर्षकको कविता , शम्भु अर्यालद्वारा सुन्दर कुरुपको ” बाउ ” शीर्षकको कविता र सागर काफ्लेद्वारा भुपेन्द्र सुब्बाको ” बच्चा हराएको सूचना ” शीर्षकको कविता सुनाइएको थियोे ।
तेस्रो चरणमा ” कविता – कृतिको कुरा ” अन्तर्गत – स्याङ्जाली युवाकवि शम्भु अर्यालको ” सेतो सुनखानी ” कविता – कृतिको बारेमा वसन्त खनालद्वारा संक्षिप्त समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे भने अग्रज व्यक्तित्व उदयराज अर्याल , सुर्यप्रसाद खनाल , ताराप्रसाद लुइँटेलद्वारा कार्यक्रममा सुनाइएका कविताहरुको बारेमा संक्षिप्त समीक्षात्मक टिप्पणी समेत प्रस्तुत गरिएको थियोे ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


