” कविताको कुरा ” कार्यक्रमको तेस्रो शृङ्खला सम्पन्न ।
स्याङ्जा :
पाक्षिक रूपमा नियमित आयोजना गरिदै आइएको कविता केन्द्रित कार्यक्रम ” कविताको कुरा ” को तेस्रो शृङ्खला सम्पन्न भएको छ । स्याङ्जाली युवाकवि शम्भु अर्यालको घर ( वालिङ – ९ , सुर्कौदी , स्याङ्जा ) को आगनमा अनौपचारिक रूपमा आयोजना गरिएको ” कविताको कुरा ” कार्यक्रमको पहिलो चरणमा ” नयाँ कविताको कुरा ” अन्तर्गत – वसन्त खनाल , सुदीप सुवेदी , नारायणप्रसाद रेग्मी , यमकान्त खनाल ,शम्भु अर्याल , अनन्त अर्याल र मिलन समीरद्वारा सबैभन्दा पछिल्लो समयमा लेखिएको कविता सुनाइएको थियोे ।
दोस्रो चरणमा ” मन परेको कविताको कुरा ” अन्तर्गत – वसन्त खनालद्वारा युवाकवि स्वप्निल स्मृतिको ” पुरानो मजदुर ” शीर्षकको कविता , मिलन समीरद्वारा अग्रज कवि मनु मन्जिलको ” केटाकेटीहरु ” शीर्षकको कविता , नारायणप्रसाद रेग्मीद्वारा अग्रज कवि चिन्तु गिरीको ” आफ्नै कुरा ” शीर्षकको कविता , यमकान्त खनालद्वारा ” गङ्गालालको चिठी ” शीर्षकको कविता र शम्भु अर्यालद्वारा अग्रज कवि राजन मुकारुङको ” आगो ” शीर्षकको कविता सुनाइएको थियोे ।
तेस्रो चरणमा ” कविता – कृतिको कुरा ” अन्तर्गत – अग्रज कवि सरला श्रेष्ठको ” वृद्वाश्रमको यात्रा ” कविता – कृतिको बारेमा शम्भु अर्यालद्वारा संक्षिप्त समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे भने अग्रज व्यक्तित्व कपिलदेव शर्मा , युक्तनारायण पङ्गेनी , मीनाकुमारी अर्याल , विष्णुप्रसाद अर्याल र मोहन श्रेष्ठद्वारा कार्यक्रममा सुनाइएका कविताहरुको बारेमा संक्षिप्त समीक्षात्मक टिप्पणी समेत प्रस्तुत गरिएको थियोे ।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ , स्याङ्जाद्वारा वि.सं. २०७७ कार्तिक १५ गते शनिबारको दिनदेखि हरेक पन्ध्र दिनको अन्तरालमा अर्थात् पाक्षिक रूपमा नियमित ” कविताको कुरा ” को शृङ्खला सञ्चालन हुँदै आएकाे छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


