स्याङजाका १४ जना सहित गण्डकीमा आज थपिए २३० संक्रमित
स्याङ्जा : गण्डकी प्रदेशमा आज अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ८ जिल्लाका २ सय ३० जनामा पोजेटिभ देखिएको हो ।
आज सबैभन्दा धेरै कास्कीमा १ सय ३२ जना थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तनहुँमा ३५, बागलुङमा २३, नवलपुरमा १८, स्याङ्जामा १४, लमजुङमा ५, पर्वतमा २ र गोरखामा १ जना थपिएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९ सय ६० पुगेको छ । तीमध्ये ३६ सय ५ जना निको भएका छन् भने ५४ संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीका १६, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।
स्याङजामा थपिएका १४ जना मध्ये ११ जना भीरकोट नगरपालिकाका रहेकाछन् त्यस्तै एक जना वालिङका एक जना फेदीखोलाका र एक जना आँधीखोलाका व्यक्ति रहेकाछन् ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…