वालिङको आईसोलेसन खाली
वालिङ :
वालिङ नगरपालिकाले कोभिड १९ लाई लक्षित गरी स्थापना गरेको आईसोलेसन खाली भएको छ ।
बुधबार आईसोलेसनमा बस्नेहरुको पिसीआर रिपोर्ट नेगेटिभ आएपछि १४ दिन होमक्वारेन्टिनमा बस्ने गरी घर फिर्ता गएसँगै आईसोलेसन खाली भएको हो ।
वालिङ नगरपालिकाले वालिङ खेलमैदानस्थित समाज घरहरुमा निर्माण गरेको आईसोलेसन तथा क्वारेन्टिन सेन्टरहरुमा बस्दै आउनुभएका १६ जनाको रिपोर्ट नेगेटिभ आएपछि बिदाई गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।
कोरोना संक्रमित भई आईसोलेसनमा बस्नुभएका २ जना र क्वारेन्टिनमा बस्नुभएका १४ जना गरी कूल १६ जनाको बुधबार रिपोर्ट नेगेटिभ आएपछि नगर प्रमुख दिलीपप्रताप खाँण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले विदाई गर्नुभएको हो ।
संक्रमितहरुको उच्च मनोबल, धैर्यता र आत्मबलका कारण कोरोनामाथि जित हासिल गर्न सफल हुनभएकोमा नगर प्रमुख खाँणले खुशी ब्यक्त गर्नुभयो ।
.

नगरपालिकाले स्थापना गरेको आईसोलेसन तथा क्वारेन्टिनबाट विदाई भएर जानुहुनेहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्नका लागि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले सुझाव दिनुभयो ।
देशका विभिन्न शहर, भारत तथा तेस्रो मुलुकबाट वालिङमा आउनुभएका वालिङका ७९२ जनाको हालसम्म पिसीआर टेष्ट गरिएकोमा ६१ जनामा कोरोना पुष्टि भएको र निको भई घर फर्किएका र एक जनाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
हाल वालिङ नगरपालिकाको क्वारेन्टिनमा ६ जना छन् । उनीहरुको स्वाब संकलन गर्ने तयारी भएको शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
स्याङजामा झण्डै दुई हप्ता पछि भेटिए नयाँ संक्रमित, सरकारी कर्मचारीमा देखियो कोरोना ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


