स्याङजामा झण्डै दुई हप्ता पछि भेटिए नयाँ संक्रमित, सरकारी कर्मचारीमा देखियो कोरोना ।

स्याङजा :
स्याङजामा झण्डै दुई हप्ता पछि नयाँ संक्रमित थपिएकाछन् । स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले निकालेको पछिल्लो प्रेस बिज्ञप्ती अनुशार आँधीखोला गाँउपालिका वडा नम्वर १ का २८ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो ।
उनी सरकारी वकिलको कार्यालय स्याङजामा कार्यरत कर्मचारी रहेको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले सरकारी वकिलको कार्यालय मार्फत बिभिन्न मुद्धाहरु चलाउने काम गर्दै आएकाछन् ।
स्वास्थ्य कार्यालयका अनुशार अव कन्ट्रयाक ट्रेसिङको काम शुरु गरिनेछ ।
सरकारी वकिलको कार्यालय जिल्ला प्रशासन कार्यालय स्याङजाको परिसरमा नै रहेको छ ।
स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले संक्रमित व्यक्ति केही दिन देखि अस्वस्थ भएपछि आफ्नै घरमा बस्दै आएको जानकारी दिनुभयो ।
स्याङजामा बुधवार सम्म ३ सय ११ जनामा कोरोना संक्रमण भएकोमा तीन सय पाँच जना निको भएकाछन् भने २ जनाको ज्यान गएको छ त्यस्तै जिल्लामा सक्रिय संक्रमित चार जना छन् ।
गएको भदौ ४ गते दुई जना सैनिकमा कोरोना संक्रमण देखिएको थियो भने त्यस पछि बुधवार मात्रै नयाँ संक्रमित थपिएका हुन् ।
यसैबीच बुधवार मात्रै वालिङ दुइ जना काेराेना जितेर घर गएकाछन् । कोरोना पोजेटिभ आए पछि उनीहरु वालिङ नगरपालिकाले बनाएको आईसोलेशनमा बस्दै आएका थिए ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…