स्याङजामा झण्डै दुई हप्ता पछि भेटिए नयाँ संक्रमित, सरकारी कर्मचारीमा देखियो कोरोना ।
स्याङजा :
स्याङजामा झण्डै दुई हप्ता पछि नयाँ संक्रमित थपिएकाछन् । स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले निकालेको पछिल्लो प्रेस बिज्ञप्ती अनुशार आँधीखोला गाँउपालिका वडा नम्वर १ का २८ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो ।
उनी सरकारी वकिलको कार्यालय स्याङजामा कार्यरत कर्मचारी रहेको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । प्रहरी तथा जिल्ला प्रशासन कार्यालयले सरकारी वकिलको कार्यालय मार्फत बिभिन्न मुद्धाहरु चलाउने काम गर्दै आएकाछन् ।
स्वास्थ्य कार्यालयका अनुशार अव कन्ट्रयाक ट्रेसिङको काम शुरु गरिनेछ ।
सरकारी वकिलको कार्यालय जिल्ला प्रशासन कार्यालय स्याङजाको परिसरमा नै रहेको छ ।
स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले संक्रमित व्यक्ति केही दिन देखि अस्वस्थ भएपछि आफ्नै घरमा बस्दै आएको जानकारी दिनुभयो ।
स्याङजामा बुधवार सम्म ३ सय ११ जनामा कोरोना संक्रमण भएकोमा तीन सय पाँच जना निको भएकाछन् भने २ जनाको ज्यान गएको छ त्यस्तै जिल्लामा सक्रिय संक्रमित चार जना छन् ।
गएको भदौ ४ गते दुई जना सैनिकमा कोरोना संक्रमण देखिएको थियो भने त्यस पछि बुधवार मात्रै नयाँ संक्रमित थपिएका हुन् ।
यसैबीच बुधवार मात्रै वालिङ दुइ जना काेराेना जितेर घर गएकाछन् । कोरोना पोजेटिभ आए पछि उनीहरु वालिङ नगरपालिकाले बनाएको आईसोलेशनमा बस्दै आएका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


