स्याङजाका ३ सहित गण्डकी प्रदेशमा मंगलबार थपिए ४१ जना सङक्रमित ।

स्याङजा :
स्याङजाका ३ जना सहित गण्डकी प्रदेशमा मंगलबार ४१ जना सङक्रमित थपिएकाछन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार पुतलीबजार नगरपालिकाका दुई जना र आँधीखोला गाँउपालिकाकामा गरी एक जना सङक्रमित थपिएका हुन ।
पुतली नगरपालिकाका १७ र ३० बर्षका पुरुष र आँधीखोला गाँउपालिका १९ वर्षीय पुरुषमा सङक्रमण पुष्टी भएको हो । उनीहरु दुवैजना भारतबाट आई क्वारेन्टीनमा बसेका व्यक्ती भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सहित स्याङजामा सक्रमितको संख्या तीन सय ९७ पुगेको छ । जस मध्ये तीन सय ७४ जना निको भएका छन् भने तीन जनाको निधन भएको छ ।
यसैबीच :
आज थपिने संक्रमितहरुमा कास्कीका २६ जना, गोरखाका ३ जना, तनहुँ ४ जना र नवलपरासी बर्दघाट सुस्तापूर्बका ५ जना रहेकाछन् ।
यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार आठ सय ३३ पुगेको छ जस मध्ये दुई हजार सात सय २५ जना निको भएकाछन् । संक्रमित मध्ये ३३ जनाको मृत्यु भएको छ ।
यो पनि हेर्नुहोस् : वालिङका संक्रमित पुरूषले कोरोना जिते तर मृत्यु जित्न सकेनन् ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…