स्याङजाका ३ सहित गण्डकी प्रदेशमा मंगलबार थपिए ४१ जना सङक्रमित ।
स्याङजा :
स्याङजाका ३ जना सहित गण्डकी प्रदेशमा मंगलबार ४१ जना सङक्रमित थपिएकाछन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार पुतलीबजार नगरपालिकाका दुई जना र आँधीखोला गाँउपालिकाकामा गरी एक जना सङक्रमित थपिएका हुन ।
पुतली नगरपालिकाका १७ र ३० बर्षका पुरुष र आँधीखोला गाँउपालिका १९ वर्षीय पुरुषमा सङक्रमण पुष्टी भएको हो । उनीहरु दुवैजना भारतबाट आई क्वारेन्टीनमा बसेका व्यक्ती भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सहित स्याङजामा सक्रमितको संख्या तीन सय ९७ पुगेको छ । जस मध्ये तीन सय ७४ जना निको भएका छन् भने तीन जनाको निधन भएको छ ।
यसैबीच :
आज थपिने संक्रमितहरुमा कास्कीका २६ जना, गोरखाका ३ जना, तनहुँ ४ जना र नवलपरासी बर्दघाट सुस्तापूर्बका ५ जना रहेकाछन् ।
यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार आठ सय ३३ पुगेको छ जस मध्ये दुई हजार सात सय २५ जना निको भएकाछन् । संक्रमित मध्ये ३३ जनाको मृत्यु भएको छ ।
यो पनि हेर्नुहोस् : वालिङका संक्रमित पुरूषले कोरोना जिते तर मृत्यु जित्न सकेनन् ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


