वालिङका संक्रमित पुरूषले कोरोना जिते तर मृत्यु जित्न सकेनन् ।
स्याङ्जाको वालिङका एक कोरोना संक्रमित पुरुषकाे निको भइसकेपछि निधन भएको छ । वालिङ नगरपालिका ४ एलादीका ४३ वर्षे पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको हो ।
७ असोजमा कोरोना पुष्टि भएका ती पुरुषको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डेले जानकारी दिनुभयाे । एलादीकै होमस्टेमा आइसोलेसनमा बसेका उनको राति मृत्यु भएको हो ।
‘भारतबाट असोज ५ गते आएपछि स्वाब लिएका थियौं । २ दिनपछि पोजेटिभ आयो,’ उहाँलेभन्नुभयाे ‘हिजो दोस्रोपटक स्वाब लिएर पठाएकोमा बेलकुा मृत्यु भयो । आज नेगेटिभ रिपोर्ट आयो ।’
पाण्डेका अनुसार मेडिकल रिपोर्टमा ती पुरुषको दुवै मृगौलाले काम गर्न छोडेको देखिएको छ । उपचारका लागि उनी भारत गएकोमा अस्पतालले फर्काइ दिएपछि गाउँ आएका थिए ।
‘कोरोनालाई जितिसकेपछि मृत्यु भयो । कोरोना जित्नुभयो तर मृगौलासम्बन्धी समस्यालाई जित्न सक्नुभएन,’ स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले भन्नुभयाे ।
नगरपालिकाको व्यवस्थापनमा उहाँको शव परिवारले अन्त्येष्टि गरेको सिडिओ गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।
कोरोना संक्रमण भएर वालिङको आइसोलेसनमा बसेका पुरुषको मृत्यु, मृत्यु पछि यस्तो आयो रिपोर्ट !
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
१ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


