वालिङका संक्रमित पुरूषले कोरोना जिते तर मृत्यु जित्न सकेनन् ।

स्याङ्जाको वालिङका एक कोरोना संक्रमित पुरुषकाे निको भइसकेपछि निधन भएको छ । वालिङ नगरपालिका ४ एलादीका ४३ वर्षे पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको हो ।
७ असोजमा कोरोना पुष्टि भएका ती पुरुषको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डेले जानकारी दिनुभयाे । एलादीकै होमस्टेमा आइसोलेसनमा बसेका उनको राति मृत्यु भएको हो ।
‘भारतबाट असोज ५ गते आएपछि स्वाब लिएका थियौं । २ दिनपछि पोजेटिभ आयो,’ उहाँलेभन्नुभयाे ‘हिजो दोस्रोपटक स्वाब लिएर पठाएकोमा बेलकुा मृत्यु भयो । आज नेगेटिभ रिपोर्ट आयो ।’
पाण्डेका अनुसार मेडिकल रिपोर्टमा ती पुरुषको दुवै मृगौलाले काम गर्न छोडेको देखिएको छ । उपचारका लागि उनी भारत गएकोमा अस्पतालले फर्काइ दिएपछि गाउँ आएका थिए ।
‘कोरोनालाई जितिसकेपछि मृत्यु भयो । कोरोना जित्नुभयो तर मृगौलासम्बन्धी समस्यालाई जित्न सक्नुभएन,’ स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले भन्नुभयाे ।
नगरपालिकाको व्यवस्थापनमा उहाँको शव परिवारले अन्त्येष्टि गरेको सिडिओ गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।
कोरोना संक्रमण भएर वालिङको आइसोलेसनमा बसेका पुरुषको मृत्यु, मृत्यु पछि यस्तो आयो रिपोर्ट !
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…