कोरोना संक्रमण भएर वालिङको आइसोलेसनमा बसेका पुरुषको मृत्यु, मृत्यु पछि यस्तो आयो रिपोर्ट !
स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिका ४ एलादीका एक पुरुषको आइसोलेसनमा उपचारार्थ रहदै गर्दा मृत्यू भएको छ । असोज ५ गते भारतबाट आएका ४३ बर्षिय पुरुषमा ७ गते कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका पुरुषको एलादीमा रहेको सुन्तलावारी होमस्टे सामुदायीक भवनमा राखेर उपचार भइरहेको अवस्थामा उहाँको निधन भएको वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले बताउनु भयो ।
दुबै मृगौला फेल र क्यान्सरको रोगी रहेका ४३ बर्षिय पुरुषको निधन भएपछि आएको नतिजामा भने कोरोना नेगेटिभ आएको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।उहाँको कोरोना परिक्षणका लागि सोमबार दोस्रो पटक स्वाव लिईएको थियो ।
कोरोना संक्रमण नेगेटिभ आएपनि उहाँको अन्त्येष्टी भने परिवारको चाहना अनुशार नगरपालिकाले नै व्यवस्थापन गरे अनुशार गरिने प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


