कोरोना संक्रमण भएर वालिङको आइसोलेसनमा बसेका पुरुषको मृत्यु, मृत्यु पछि यस्तो आयो रिपोर्ट !
स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिका ४ एलादीका एक पुरुषको आइसोलेसनमा उपचारार्थ रहदै गर्दा मृत्यू भएको छ । असोज ५ गते भारतबाट आएका ४३ बर्षिय पुरुषमा ७ गते कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका पुरुषको एलादीमा रहेको सुन्तलावारी होमस्टे सामुदायीक भवनमा राखेर उपचार भइरहेको अवस्थामा उहाँको निधन भएको वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले बताउनु भयो ।
दुबै मृगौला फेल र क्यान्सरको रोगी रहेका ४३ बर्षिय पुरुषको निधन भएपछि आएको नतिजामा भने कोरोना नेगेटिभ आएको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।उहाँको कोरोना परिक्षणका लागि सोमबार दोस्रो पटक स्वाव लिईएको थियो ।
कोरोना संक्रमण नेगेटिभ आएपनि उहाँको अन्त्येष्टी भने परिवारको चाहना अनुशार नगरपालिकाले नै व्यवस्थापन गरे अनुशार गरिने प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


