अपडेट : वालिङमा एम्वुलेन्स दुर्घटना दुई जनाको ज्यान गयो, दुई गम्भिर घाईते ।

वालिङ :
स्याङजाको वालिङमा एम्वुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाईते भएकाछन् । काठमाण्डौंबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्वरको एम्वुलेन्स वालिङ ५ को मझकोटमा आज बिहान ४ बजे तिर दुर्घटनाग्रस्त भएको हो ।
काठमाण्डौं बिरामी छोडेर फर्किएको एम्वुलेन्समा सवार चापाकोट नगरपालिका वडा नम्वर ९ का ३५ बर्षीय भानुभक्त गैह्रे र वडा नम्वर १० का श्याम पंगेनीको उपचारका क्रममा ग्रहौं प्राथमिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता राजेन्द्र अधिारीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी चापाकोट नगरपालिका ९ का ३१ बर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, सोही ठाँउकी २८ बर्षीय पबित्रा पोख्रेल गम्भिर घाईते भएकाछन् । उनीहरुलाई उपचारका लागि पोखरा पठाईएको प्रहरीले जनाएको छ ।
घाईते पबित्रा भण्डारी गर्भवती रहेको र गाँउमा डेलिभरीको लागि आएको प्रहरीको भनाई छ । एम्वुलेन्स ग्रामिण सडकबाट झण्डै २५० मिटर तल झरेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।
दुर्घटना अपडेट : डेलिभरीको लागि काठमाण्डौंबाट आएकी गर्भवती सहित चार जना गम्भिर घाईते ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…