दुर्घटना अपडेट : डेलिभरीको लागि काठमाण्डौंबाट आएकी गर्भवती सहित चार जना गम्भिर घाईते ।
वालिङ :
स्याङजाको वालिङमा एम्वुलेन्स दुर्घटना भएको छ । काठमाण्डौंबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्वरको एम्वुलेन्स वालिङ ५ को मझकोटमा आज बिहान ४ बजे तिर दुर्घटनाग्रस्त भएको हो ।
काठमाण्डौं बिरामी छोडेर फर्किएको एम्वुलेन्सका चालक सहित चार जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
दुर्घटनामा परी चापाकोट नगरपालिका ९ का ३१ बर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, सोही ठाँउकी २८ बर्षीय पबित्रा पोख्रेल,३५ बर्षीय भानुभक्त गैह्रे र वडा नम्वर १० का श्याम पंगेनी रहेको प्रहरीले जनाएको छ । घाईते सबैको अवस्था गम्भिर रहेको छ ।
घाईते पबित्रा भण्डारी गर्भवती रहेको र गाँउमा डेलिभरीको लागि आएको प्रहरीको भनाई छ । घाईतेहरुलाई थप उपचारका लागि पोखरा लैजाने तयारी भएको बताइएको छ । एम्वुलेन्स ग्रामिण सडकबाट झण्डै २५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।
स्याङजाको वालिङमा एम्वुलेन्स दुर्घटना,दुई जनाको अवस्था गम्भिर !
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१४ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


