जिल्ला अस्पताल स्याङ्जा एक हप्ता सिल
स्याङ्जा : उपचार गराउन आएका कैदीमा कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल स्याङ्जा एक हप्तालाई सिल गरिएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचार गराउन आएका ६० वर्षे कैदीमा कोरोना पोजेटिभ देखिएकाले सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील मरासिनीले जानकारी दिनुभयाे ।
अस्पतालका सबैको कन्ट्याक ट्रेसिङ र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला सिसिएमसीले सिल गर्ने निर्णय गरेको उहाँले बताउनु भयाे ।
स्वास्थ्यमा समस्या देखिएपछि ती कैदी गत शनिबार अस्पतालमा भर्ना भएका थिए ।
‘पहिल्यै शंका लागेको थियो तर कारागारमा कोही नजाने, जोखिम कम हुने भनेर उपचार ग¥र्यौं,’ मेसु डा. मरासिनीले भन्नुभयाे, ‘पछि स्वाब पठाउँदा पोजेटिभ देखियो । अहिले अरु २/३ जना बिरामीलाई छुट्टै कोठामा राखेका छौं ।’
उपचार गर्नै पर्ने बिरामी आए पिपिइ लगाएरै भए पनि उपचार गरिने उहाँले जानकारी दिनुभयाे ।
स्याङ्जामा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेका छ । तीमध्ये २७२ जना निको भएर घर फिर्ता भएका छन् भने २ संक्रमितको मृत्यु भएको छ ।
.

समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१३ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


