जिल्ला अस्पताल स्याङ्जा एक हप्ता सिल

स्याङ्जा : उपचार गराउन आएका कैदीमा कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल स्याङ्जा एक हप्तालाई सिल गरिएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचार गराउन आएका ६० वर्षे कैदीमा कोरोना पोजेटिभ देखिएकाले सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील मरासिनीले जानकारी दिनुभयाे ।
अस्पतालका सबैको कन्ट्याक ट्रेसिङ र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला सिसिएमसीले सिल गर्ने निर्णय गरेको उहाँले बताउनु भयाे ।
स्वास्थ्यमा समस्या देखिएपछि ती कैदी गत शनिबार अस्पतालमा भर्ना भएका थिए ।
‘पहिल्यै शंका लागेको थियो तर कारागारमा कोही नजाने, जोखिम कम हुने भनेर उपचार ग¥र्यौं,’ मेसु डा. मरासिनीले भन्नुभयाे, ‘पछि स्वाब पठाउँदा पोजेटिभ देखियो । अहिले अरु २/३ जना बिरामीलाई छुट्टै कोठामा राखेका छौं ।’
उपचार गर्नै पर्ने बिरामी आए पिपिइ लगाएरै भए पनि उपचार गरिने उहाँले जानकारी दिनुभयाे ।
स्याङ्जामा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेका छ । तीमध्ये २७२ जना निको भएर घर फिर्ता भएका छन् भने २ संक्रमितको मृत्यु भएको छ ।
.

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…