स्याङ्जा कारागारका एक कैदीमा कोरोना पुष्टी, एक सय पचास कैदी बन्दीमा त्रास
स्याङ्जा :
स्याङ्जा कारागारका एक कैदीमा कोरोना भाइरसको सङक्रमण भेटिएको छ । जबरजस्ती करणी मुद्धामा चार बर्षदेखि जिल्ला कारागारमा रहेका ६० बर्षिय एक कैदी बन्दीमा कोरोना पुष्टी भएको हो ।
कारागारका कैदीलाई एक हप्ताबाट ज्वरो तथा रुघाखोकी देखिएर औषधी खादाँ समेत निको नभएपछि आइतबार पीसीआर टेष्टको लागि स्वाब लिइएको थियो ।
कैदीबाट लिइएको स्वाब परीक्षणमा कोरोना भेटिएपछि निषेधाज्ञाका बिच थप त्रास फैलिएको छ । सुरक्षा प्रमुख सहित ४१ जना सुरक्षाकर्मीमा कोरोना देखि पछि जिल्लामा साउन १३ गतेबाट निषेधाज्ञा जारी रहेको छ ।
कारागारमा ३९ मुद्धाका १५० कैदी बन्दी बस्ने गरेका छन् भने प्रहरीमा कोरोना भेटिएपछि सुरक्षा समेत नेपाली सेनाले दिइएको छ ।
कैदीमा कारोना पुष्टी भएसँगै सुरक्षा दिईरहेका नेपाली सेना र नेपाली सेनाको गुल्ममा सङक्रमण पुग्न सक्ने जोखिम बढेको छ ।
प्रहरीमा कोरोना देखिएपछि भित्र बाहिर निश्कन बन्द गरेको बताउदै जेलर चुडा मणी भण्डारीले कसरी कोरोना पोजेटिभ कारागारमा पुग्यो अनौठो लागेको बताउनुभयो ।
सुरक्षाकर्मीमा कोरोनाा देखिएपछि हिरासद आउनेलाई पीसीआर गरेको बताउदै भण्डारीले नेगेटिभ नभएको कसैलाई पनि भित्र आउन नदिएको र भेट्न समेत नदिएको बताउनुभययो ।
कैदीमा सङक्रमण पुगेसगै स्याङ्जामा कोरोना सङक्रमितको संख्या ३०४ पुगेका छ भने १७२ जना निको भएर घर फिर्ता भएका छन् । कोरोनाका कारण दुई जनाको निधन भएको छ ।
भिडियो : किन घेरे महिलाहरुले प्रहरी, कसले बनायो वालिङका किसोर बेपत्ता, कपडा र मोबाईल भेटियो खोलाको तिरमा
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१४ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


