स्याङ्जा कारागारका एक कैदीमा कोरोना पुष्टी, एक सय पचास कैदी बन्दीमा त्रास

स्याङ्जा :
स्याङ्जा कारागारका एक कैदीमा कोरोना भाइरसको सङक्रमण भेटिएको छ । जबरजस्ती करणी मुद्धामा चार बर्षदेखि जिल्ला कारागारमा रहेका ६० बर्षिय एक कैदी बन्दीमा कोरोना पुष्टी भएको हो ।
कारागारका कैदीलाई एक हप्ताबाट ज्वरो तथा रुघाखोकी देखिएर औषधी खादाँ समेत निको नभएपछि आइतबार पीसीआर टेष्टको लागि स्वाब लिइएको थियो ।
कैदीबाट लिइएको स्वाब परीक्षणमा कोरोना भेटिएपछि निषेधाज्ञाका बिच थप त्रास फैलिएको छ । सुरक्षा प्रमुख सहित ४१ जना सुरक्षाकर्मीमा कोरोना देखि पछि जिल्लामा साउन १३ गतेबाट निषेधाज्ञा जारी रहेको छ ।
कारागारमा ३९ मुद्धाका १५० कैदी बन्दी बस्ने गरेका छन् भने प्रहरीमा कोरोना भेटिएपछि सुरक्षा समेत नेपाली सेनाले दिइएको छ ।
कैदीमा कारोना पुष्टी भएसँगै सुरक्षा दिईरहेका नेपाली सेना र नेपाली सेनाको गुल्ममा सङक्रमण पुग्न सक्ने जोखिम बढेको छ ।
प्रहरीमा कोरोना देखिएपछि भित्र बाहिर निश्कन बन्द गरेको बताउदै जेलर चुडा मणी भण्डारीले कसरी कोरोना पोजेटिभ कारागारमा पुग्यो अनौठो लागेको बताउनुभयो ।
सुरक्षाकर्मीमा कोरोनाा देखिएपछि हिरासद आउनेलाई पीसीआर गरेको बताउदै भण्डारीले नेगेटिभ नभएको कसैलाई पनि भित्र आउन नदिएको र भेट्न समेत नदिएको बताउनुभययो ।
कैदीमा सङक्रमण पुगेसगै स्याङ्जामा कोरोना सङक्रमितको संख्या ३०४ पुगेका छ भने १७२ जना निको भएर घर फिर्ता भएका छन् । कोरोनाका कारण दुई जनाको निधन भएको छ ।
भिडियो : किन घेरे महिलाहरुले प्रहरी, कसले बनायो वालिङका किसोर बेपत्ता, कपडा र मोबाईल भेटियो खोलाको तिरमा
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…