स्याङ्जामा बैंक तथा बित्तिय संस्था खुल्ने (के खुल्ने, के नखुल्ने ?)
स्याङ्जा :
स्याङ्जामा आज (बुधवार)बाट बैंक तथा बित्तिय संस्था सञ्चालनमा आउने भएकाछन् । कोरोना भाईरसको सङक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक हप्ता अगाडि बैंक तथा बित्तिय संस्था समेत बन्द गर्ने सूचना निकालेको थियो । त्यस लगत्तै जिल्लाका ११ वटै पालिकाहरुले सूचना निकालेर स्वास्थ्य र अति आवश्यक सेवा बाहेकका सबै सेवाहरु मंगलबार सम्मका लागि बन्द गर्न जनाएका थिए ।
बैंक तथा बित्तिय संस्थामा सामाजिक दुरी कायम गरी सेवा प्रवाह गर्न दिईने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रजिअ क्षेत्रीले आज बुधवार बस्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले थप निर्णय लिने जानकारी दिनुभयो ।
स्याङ्जामा अति आवश्यक बाहेकका अन्य सेवाहरु ११ गते बिहिबार सम्मका लागि बन्द गर्ने निर्णय यथावत रहेको छ तर बुधवारको डिसिसिएमसिको बैठकले सेवा प्रवाह सम्वन्धी नयाँ निर्णय लिन सक्ने बताइएको छ ।
कुन कुन सेवा सञ्चालन हुनेछन् :
अति आवश्यक सेवा मात्र जस्तै बैंक तथा बित्तिय सस्था,स्वास्थ्य संस्था,खाद्यान्न तरकारी,दुग्ध आदिका पसलहरु आदि ।
कुन कुन सेवा बन्द रहनेछन् :
सवारी साधनहरु बन्द रहनेछन् ।
अन्य सबै खाले पसलहरु बन्द रहनेछन् ।
अनावश्यक रुपमा हिडडुल गर्न पनि पाईनेछैन ।
यसैबीच स्याङ्जाका प्रजिअ क्षेत्रीले आदेशको अवज्ञा गर्ने तथा पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन, २०२८ र अन्य प्रचलित कानुन बमोजिम कारवाही गरिने बताउनु भएको छ ।
यो पनि पढ्नुहोस् : निषेधाज्ञा तोड्नेमाथि कठोर कारवाही हुन्छ : प्रजिअ स्याङ्जा ।
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१३ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


