स्याङ्जामा बैंक तथा बित्तिय संस्था खुल्ने (के खुल्ने, के नखुल्ने ?)

स्याङ्जा :
स्याङ्जामा आज (बुधवार)बाट बैंक तथा बित्तिय संस्था सञ्चालनमा आउने भएकाछन् । कोरोना भाईरसको सङक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक हप्ता अगाडि बैंक तथा बित्तिय संस्था समेत बन्द गर्ने सूचना निकालेको थियो । त्यस लगत्तै जिल्लाका ११ वटै पालिकाहरुले सूचना निकालेर स्वास्थ्य र अति आवश्यक सेवा बाहेकका सबै सेवाहरु मंगलबार सम्मका लागि बन्द गर्न जनाएका थिए ।
बैंक तथा बित्तिय संस्थामा सामाजिक दुरी कायम गरी सेवा प्रवाह गर्न दिईने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रजिअ क्षेत्रीले आज बुधवार बस्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले थप निर्णय लिने जानकारी दिनुभयो ।
स्याङ्जामा अति आवश्यक बाहेकका अन्य सेवाहरु ११ गते बिहिबार सम्मका लागि बन्द गर्ने निर्णय यथावत रहेको छ तर बुधवारको डिसिसिएमसिको बैठकले सेवा प्रवाह सम्वन्धी नयाँ निर्णय लिन सक्ने बताइएको छ ।
कुन कुन सेवा सञ्चालन हुनेछन् :
अति आवश्यक सेवा मात्र जस्तै बैंक तथा बित्तिय सस्था,स्वास्थ्य संस्था,खाद्यान्न तरकारी,दुग्ध आदिका पसलहरु आदि ।
कुन कुन सेवा बन्द रहनेछन् :
सवारी साधनहरु बन्द रहनेछन् ।
अन्य सबै खाले पसलहरु बन्द रहनेछन् ।
अनावश्यक रुपमा हिडडुल गर्न पनि पाईनेछैन ।
यसैबीच स्याङ्जाका प्रजिअ क्षेत्रीले आदेशको अवज्ञा गर्ने तथा पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन, २०२८ र अन्य प्रचलित कानुन बमोजिम कारवाही गरिने बताउनु भएको छ ।
यो पनि पढ्नुहोस् : निषेधाज्ञा तोड्नेमाथि कठोर कारवाही हुन्छ : प्रजिअ स्याङ्जा ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…