तीन साता हुँदा पनि भेटिएनन् वालिङका राजन,परिवार विक्षिप्त ।

स्याङजा : हराएको तीनसाता बित्न लाग्यो। तर, वालिङका १८ वर्षे राजन पौडेलको अवस्था पत्ता लागेको छैन। साथीसँगै खेल्न गएका उनको २० दिनदेखि वेखबर छन्। वालिङ नगरपालिका–१० भकुण्डे निवासी राजनकी आमा कमला पौडेल छोरा वेखबर रहेदेखि अर्धचेतमा छन्। छिनछिनमै उनी मूर्छिन हुन्छिन्। परिवार विक्षिप्त बनेको छ। कयौं दिन भो घरमा चुल्हो बलेको छैन्।
वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनका बुवा ईश्वरी पौडेल पनि अहिले घर फर्केका छन्। वालिङकै आदर्श माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्ययरत राजनकी एक भाइ छन। राजनको परिवार मात्र होइन, पाइनिजाय टोल नै शोकमा डुबेको छ। प्रहरी प्रशासनले छिटो भन्दा छिटो राजनको खोजी गरी वास्तविकता पत्ता लगाओस् भनेर स्थानीयले माग गरिरहेका छन्।
उनीसँगै खेल्न गएका अरु २ जना साथीहरु प्रहरी नियन्त्रणमा छन्। करिब १७ र १८ वर्षका उनीहरु १० दिनदेखि वडा प्रहरी कार्यालय वालिङ्मा छन्। प्रहरीले ज्यान सम्बन्धी मुद्धा दर्ता गरी थपअनुसन्धान अघि बढाएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट राजनसहित उनका ३ जना साथीहरु मिलेर आँधीखोलामा पौडी खेल्न गएको देखएिको प्रहरीले जनाएको छ। साउन २६ गतेदेखि राजनकोे अवस्था अज्ञात छ।
‘राजनले लगाएको कपडा र मोबाइल भीरकोट नगरपालिकाको ओडारेस्थित आँधीखोला किनारमा भेटिएको छ’ वडा कार्यालय वालिङका प्रमुख हरि पौडेलले भन्नुभयाे ‘कपडा भेटिएको ठाउँभन्दा झन्डै एक किलोमिटर पर फुटेको अवस्थामा मोबाइल भेटिएको छ।’
२७ गते नै परिवारले खोजतलासका लागि माग सहितको निवेदन प्रहरीमा दर्ता गरेको राजनकी आमा कमलाले बताउनु भयाे । तत्कालीन वडा कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक निरञ्जन घिमिरेको सक्रियतामा पोखराबाट ल्याइएको गोताखोरले २ दिनसम्म खोलामा खोजी गरेको थियो। उहाँको सरुवा भएपछि अहिले सोही ठाउँमा प्रनि हरि पौडेल आउनु भएकाे हाे ।
उनीसँगै गएका दुवैजना साथीले पर्सीपल्ट मात्रै राजन खोलामा पोडी खेल्न जाँदा हराएको भन्ने सूचना दिएको राजनको परिवारले जनाएको छ। राजनको अवस्थाका बारे जानकारी दिनुपर्ने भन्दै वालिङ्वासीले कार्यालय घेराउ गर्दे नारावाजी गरेका थिए ।
सम्वन्धीत अन्य समाचारहरु :
- -बेपत्ता राजनको खोजीमा किन हुँदैछ ढिलाई, तीन दिनको समय मागेको प्रहरी के गर्दैछ ?
- –साथी सँगै खेल्न गएका वालिङका किसोर एक हप्ता देखि बेपत्ता !
- –किन घेरे महिलाहरुले प्रहरी, कसले बनायो वालिङका किसोर बेपत्ता, कपडा र मोबाईल भेटियो खोलाको तिरमा
- –बेपत्ता किसोर अझै किन भेटिएनन्, यसरी गरे युवाहरूले आँधीखोलामा खोजी, हेर्नुहोस् भिडियो
- –एक साता देखि बेपत्ता पौडेलको खोजीको माग गर्दै प्रहरी कार्यालय घेराउ ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…