दुर्घटनामा श्रीमानको ज्यान गयो, गर्भवती श्रीमती घाईते,पेटको बच्चा समेत जिउदो रहेन।
श्रीकृष्ण सिग्देल/स्याङ्जा : ६ बर्षको छोरा काठमाण्डौमै छाडेर गर्भवती रहेकी श्रीमतीलाई एम्वुलेन्सको साहार लिएर आफ्नो घर स्याङ्जा चापाकोट आएका भानुभक्त गैहे (कृष्ण) ले आफ्नी श्रीमतीको गर्भमा भएको सन्तानको मुख हेर्न नपाई देहावसान हुन पुगे ।
विश्वभर फैलिएको कोरोना संक्रमणले काठमाण्डौमा भन्दा घरमा नै बच्चा जन्माउन सुरक्षित हुने सल्लाह बमोजिम उनले गर्भवती श्रीमतीलाई लिएर एम्वुलेन्सको सहयोगमा घर आउदै गर्दा दुर्घट्नामा परे । वालिङ ५ मझकोटमा आईतवार विहान बा २ झ ४०११ नम्वरको एम्वुलेन्स दुर्घटना हुदा गैह्रे सहित दुई जनाको निधन र दुई जना घाईते भएका थिए ।
शनिवार विरामी लिएर काठमाण्डौ गएको एम्वुलेन्समा फर्कदा चालक सहित ४ जना सवार थिए । दुर्घटनामा चापाकोट ९ का श्याम पंगेनीको पनि निधन भएको छ । एम्वुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती रहेकी पवित्रा पोख्रेल घाईते भएका छन् । उनीहरुको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पवित्राले श्रीमान त गुमाईन नै आफ्नो पेटमा रहेको बच्चालाई भने जिउदै पाउन नसक्ने भएकी छन् ।
चापाकोट नगर स्वास्थ्य प्रमुख विन्दु कोइरालाका अनुसार घाईते पवित्राको पेटमा भएको बच्चा दुर्घट्नाका कारण निधन भइसकेको चिकित्सकले जानकारी दिएको बताए । कोइरालाका अनुसार चालक भण्डारी र पवित्राको स्वास्थ्य भने सामान्य रहेको छ । पहिरोले साघुरो सडक र लामो दुरीको यात्रा हुदा दुर्घट्ना भएको अनुमान प्रहरीको छ ।
विश्वभर कोरोना संक्रमणले सताएको बेला नेपाल पनि संक्रमणबाट थलिएको छ । यस्तो कठिन परिस्थितीमा चापाकोटवासीको अत्याआवश्यक बिरामकिा लागि सहयोग गर्दै आएको एम्वुलेन्स दुर्घट्ना भएको खबरले दुखीत तुल्याएको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताए ।
घाईते र मृतकका परिवारमा धैर्यधारण गर्न समेत नगर प्रमुख गिरीले आग्रह गरेका छन् । एम्वुलेन्स ग्रामिण सडकबाट झण्डै २५० मिटर तल झरेको प्रहरीले जनाएको छ । सडकमा पहिरो गएको र साघुरो भएका कारण दुर्घटनामा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
यस विषयमा अनुसन्धान जारी भएको प्रहरीले जनाएको छ । राजमार्गमा भन्दा ग्रामिण सडकमा दुर्घट्ना हुन थालेको जिल्ला ट्राफिक प्रहरीको भनाई छ ।
अपडेट : वालिङमा एम्वुलेन्स दुर्घटना दुई जनाको ज्यान गयो, दुई गम्भिर घाईते ।
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


