गण्डकी प्रदेश : स्याङ्जा सहित ५ जिल्लामा थपिए १४ जना सङ्क्रमित
स्याङ्जा :
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ५ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नयाँ थपिनेमा तनहुँका ४ जना, स्याङ्जा र बाग्लुङका ३/३ जना, म्याग्दीका र कास्कीका २/२ जना रहेकाछन् ।
सङ्क्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार एक सय ७६ मध्ये ६ सय ३३ जना निको भएर घर फर्किएका छन । गण्डकी प्रदेशमा ४ जना सङ्क्रमितको मृत्यु भईसकेको छ ।
स्याङ्जाको वालिङ, कालिगण्डकी र चापाकोटमा एक/एक जना सङ्क्रमित थपिएका हुन् ।
स्याङ्जामा कोरोना सङक्रमण मुक्त हुनेको संख्या १२८ पुग्यो ।
.

समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
१ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


