स्याङ्जामा कोरोना सङक्रमण मुक्त हुनेको संख्या १२८ पुग्यो ।
स्याङ्जा :
स्याङ्जामा कोरोना सङक्रमण मुक्त हुनेको संख्या एक सय २८ पुगेको छ । ६ महिला सहित एक सय ८८ जना सङक्रमित मध्ये २ जनाको मृत्यु भएको छ भने अन्य सङ्क्रमित जिल्लाका बिभिन्न आईसोलेशनमा रहेकाछन् ।
केही दिनयता, जिलामा नयाँ कोरोना सङक्रमित भेटिएको छैनन । विभिन्न आइसोलेसनमा बस्नेहरुको संख्या पनि घट्दो क्रममा छ । भारतबाट नेपालीहरु आउने क्रम घटेसँगै सङक्रमितको दर पनि घटेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताउनु भयो ।
जिल्लामा ४ जना स्थानीय व्यक्तिमा सङ्क्रमण भेटिएको भए पनि कन्ट्रयाक ट्रेसिङ गर्दा उनीहरुको सम्पर्कमा आएका कसैमा पनि सङक्रमण नपाईएको स्वास्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले बताउनु भयो ।
कोरोना जितेर घर फर्कनेमा अर्जुनचौपारीका १८, हरिनासका १ र वालिङका ८ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताउनु भयो ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


