कोरोना संक्रमित स्याङ्जाका एसपी निवासमै बस्ने, अरु प्रहरीलाई अस्पताल लगियाे ।

स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहित १८ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ । संक्रमित सबै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत छन्, तीमध्ये १ जना महिला हुन् ।
गत साउन ६ गते हवल्दार र सिपाहीमा कोरोना पुष्टि भएपछि कार्यालयमा कार्यरत प्रहरी र थुनुवा सबै १०२ जनाको स्वाब संकलन गरी पोखरामा परीक्षण गरिएकोमा १८ जनामा कोरोना देखिएको स्याङ्जाका स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताउनु भयाे । उहाँका अनुशार ८४ जनाको रिपोर्ट आउन बाँकी छ ।
संक्रमित एसपी आफ्नै निवासमा आइसोलेसनमा बस्न थालिसक्नु भएकाे छ भने बाँकी १७ जनालाई भीरकोट–१ हेलुस्थित कालिका सामुदायिक अस्पतालमा लगिएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीका अनुसार सेवामा खटिने क्रममा कहाँ कसरी कोरोना पुष्टि भयो भन्नेबारे यकिन भन्न सकिएको छैन । सबैको साउन ७ गते स्वाब संकलन गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको थियो । अरु ८४ जनाको रिपोर्ट अझै नआइसकेको उहाँले बताउनु भयाे । जिल्ला प्रहरी कार्यालयमा प्रहरी कर्मचारी हाल ९८ जना कार्यरत छन् । बाँकी ४ जना थुनुवा हुन् ।
गत हप्ता जिल्लामा कार्यरत प्रहरीमा कोरोना देखिएपछि कार्यालय नै सील गरी सुरक्षा व्यवस्था अपनाइएको थियो ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कार्यालय प्रमुखसहित २१ प्रहरीमा कोरोना देखिएपछि पुतलीबजारमा कडाइ गरिएको जानकारी दिनुभयाे । उहाँले पहिलो चरणमा प्रहरी प्रमुखदेखि जवानसम्मको स्वाब लिइएको र सम्पर्कमा आएकाको खोजी शुरू गरिएको बताउनु भयाे ।
स्याङ्जामा हालसम्म कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । तीमध्ये १८८ निको भइ घर फर्केका छन् । २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जना प्रहरीमा कोरोना पुष्टि ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…