स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जना प्रहरीमा कोरोना पुष्टि ।
स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी प्रमुख सहित १८ जनामा कोरोना पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३ जना प्रहरीमा कोरोना भाइरस देखिएपछि कार्यालय भित्र रहेका सबैको नमूना श्वाव संकलनगरी परिक्षणका लागि पोखरा पठाइएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङ्जाका १८ जना प्रहरीमा कोरोना पुष्टि गरेको हो । स्याङ्जाका प्रहरी प्रमुखले आफू सहित १८ जना प्रहरीमा कोरोना भाईरस देखिएको पुष्टी गर्नु भएको हो । अग्रपङ्तीमा रहेर कोरोना रोकथामका लागि काम गरिरहेकाहरुमा कोरोना देखिनु स्वाभिवक भएको प्रहरी प्रमुखको भनाईछ । उहाँले भन्नुभयो, हामी पहिले देखि नै सुरक्षित तरिकाबाट भित्रै बसिररहेका छौं कोही आत्तिनु पर्दैन ।
एक महिला प्रहरी सहित १८ जना प्रहरीमा कोरोना पुष्टी भएसँग अग्रभागमा रहेर कोरोना रोकथामका लागि खटिनेहरुको परिक्षणको दायरा बढाउनु पर्ने माग समेत बढेको छ ।
परीक्षणका क्रममा स्याङ्जाका ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४ र ३६ वर्षी पुरुषहरु र २६ वर्षीय महिलामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
नयाँ सङ्क्रमित स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित आइसोलेसन र हेलु स्थित आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


