स्याङ्जा सहित गण्डकी प्रदेशमा थपिए २८ जना कोरोना सङ्क्रमित
स्याङ्जा :
गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ६ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्बका १२ जना, स्याङ्जाका ८ जना,बाग्लुङ ३ जना,गोरखाका ३ जना र कास्की र तनहुँका एक एक जना रहेकाछन् । नयाँ थपिनेमा ९ जना महिला रहेकाछन् ।
सङ्क्रमित मध्ये केहीलाई आईसोलेसनमा राखिसकिएको र केहीलाई लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ९४ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको मृत्यु भईसकेको छ ।
स्याङ्जामा थपिए ८ संक्रमित, जिल्लामा संक्रमितको संख्या कति पुग्यो !
.
समाचार
थप सामाग्रीवालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
६ दिन अगाडि
सुशील सुवेदी/स्याङ्जा पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने…