स्याङ्जाकाे क्वारेन्टाइनबाट भागेका संक्रमित भालुपहाडमा भेटिए

corona virus

पाेखरा :

स्याङ्जा आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट भागेका काेराेना संक्रमित शुक्रबार दिउँसाे भालुपहाडमा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयकाे सक्रियतामा उनलाई दिउँसाे स्याङ्जाकै भालुपहाडमा भेटिएकाे र गल्याङस्थित क्वारेन्टाइनमा पठाइएकाे स्याङ्जाका सिडियाे गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।

संक्रमित सँगै भागेका अर्का युवालाई कास्की प्रहरीले पाेखराकाे नागढु‌ंगाबाट नियन्त्रणमा लिएकाे छ । उनलाई आँधीखाेलाकै क्वारेन्टाइनमा लैजाने तयारी भएकाे छ ।

आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट २ जना भागेकोमा १९ वर्षीया युवकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । जेठ २० गते परिवार सँगै भारतबाट आएका युवाको जेठ २५ गते स्वाब लिइएको थियो ।

आँधीखोला ५ का १९ वर्षे युवा ३४ वर्षे भाउजु, १३ वर्षे भजिता सँगै आएको र सबैमा कोरोना संक्रमण भेटिएको थियो ।

स्वाब लिएपछि क्वारेन्टाइनमा बसेका युवा १ साथीसँगै जेठ ३२ गते भागेका थिए । भागेका युवामध्ये १ जनाको मोबाइल नम्बर अन भएको र लोकेसनको आधारमा खोजीलाई तिब्र पारिएकाे थियाे ।

कोरोनाका महामारीमा स्याङ्जामा बिहीबार ९ जना कोरोना संक्रमित थपिएकोका क्वारेन्टाइनमा बसेर भागेका युवाको पुष्टि भएको थियो । (समाधान न्युज )

गण्डकी प्रदेश : स्याङ्जा सहित ७ जिल्लामा थपिए ५८ जना संक्रमित, सङ्क्रमितको संख्या ४३८

Facebook Comments Box
TOP