स्याङ्जाकाे क्वारेन्टाइनबाट भागेका संक्रमित भालुपहाडमा भेटिए
पाेखरा :
स्याङ्जा आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट भागेका काेराेना संक्रमित शुक्रबार दिउँसाे भालुपहाडमा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालयकाे सक्रियतामा उनलाई दिउँसाे स्याङ्जाकै भालुपहाडमा भेटिएकाे र गल्याङस्थित क्वारेन्टाइनमा पठाइएकाे स्याङ्जाका सिडियाे गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।
संक्रमित सँगै भागेका अर्का युवालाई कास्की प्रहरीले पाेखराकाे नागढुंगाबाट नियन्त्रणमा लिएकाे छ । उनलाई आँधीखाेलाकै क्वारेन्टाइनमा लैजाने तयारी भएकाे छ ।
आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट २ जना भागेकोमा १९ वर्षीया युवकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । जेठ २० गते परिवार सँगै भारतबाट आएका युवाको जेठ २५ गते स्वाब लिइएको थियो ।
आँधीखोला ५ का १९ वर्षे युवा ३४ वर्षे भाउजु, १३ वर्षे भजिता सँगै आएको र सबैमा कोरोना संक्रमण भेटिएको थियो ।
स्वाब लिएपछि क्वारेन्टाइनमा बसेका युवा १ साथीसँगै जेठ ३२ गते भागेका थिए । भागेका युवामध्ये १ जनाको मोबाइल नम्बर अन भएको र लोकेसनको आधारमा खोजीलाई तिब्र पारिएकाे थियाे ।
कोरोनाका महामारीमा स्याङ्जामा बिहीबार ९ जना कोरोना संक्रमित थपिएकोका क्वारेन्टाइनमा बसेर भागेका युवाको पुष्टि भएको थियो । (समाधान न्युज )
गण्डकी प्रदेश : स्याङ्जा सहित ७ जिल्लामा थपिए ५८ जना संक्रमित, सङ्क्रमितको संख्या ४३८
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


