गण्डकी प्रदेश : स्याङ्जा सहित ७ जिल्लामा थपिए ५८ जना संक्रमित, सङ्क्रमितको संख्या ४३८

स्याङ्जा :
गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशमा ५८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या ४३८ पुगेको हो ।
नयाँ थपिनेमा १९ महिनाकी बालिका, १ महिला र अन्य पुरुष रहेकाछन् ।
सबै भन्दा धेरै संक्रमित तनहुँका रहेकाछन् । तनहुँमा २५ जना थपिएकाछन् ऋषिङ गाँउपालिकाका मात्रै २१ जना रहेकाछन् ।
नवलपुरका १६ जना,गोरखाका ५ जना म्याग्दीका १ जना, कास्कीमा १ बालिका सहित २ जना,स्याङजाका १ जना र बाग्लुङका ८ जना रहेकाछन् । स्याङ्जाका संक्रमित भने कुन पालिकाको हुन खुलाइएको छैन ।
उनीहरु सबै क्वारेन्टीनमा रहेको सबैलाई आईसोलेसनमा राखिने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित ४३८ मध्ये ३४ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
स्याङ्जाकाे क्वारेन्टाइनबाट भागेका संक्रमित भालुपहाडमा भेटिए
.

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…