गण्डकी प्रदेश : स्याङ्जा सहित ७ जिल्लामा थपिए ५८ जना संक्रमित, सङ्क्रमितको संख्या ४३८
स्याङ्जा :
गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशमा ५८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या ४३८ पुगेको हो ।
नयाँ थपिनेमा १९ महिनाकी बालिका, १ महिला र अन्य पुरुष रहेकाछन् ।
सबै भन्दा धेरै संक्रमित तनहुँका रहेकाछन् । तनहुँमा २५ जना थपिएकाछन् ऋषिङ गाँउपालिकाका मात्रै २१ जना रहेकाछन् ।
नवलपुरका १६ जना,गोरखाका ५ जना म्याग्दीका १ जना, कास्कीमा १ बालिका सहित २ जना,स्याङजाका १ जना र बाग्लुङका ८ जना रहेकाछन् । स्याङ्जाका संक्रमित भने कुन पालिकाको हुन खुलाइएको छैन ।
उनीहरु सबै क्वारेन्टीनमा रहेको सबैलाई आईसोलेसनमा राखिने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित ४३८ मध्ये ३४ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
स्याङ्जाकाे क्वारेन्टाइनबाट भागेका संक्रमित भालुपहाडमा भेटिए
.

समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


