व्यवशायीले दिए अस्पताललाई पिपिई विपन्नलाई खाद्यान्न
प्रकाश डोटेल/स्याङ्जा :
कोरोना भाइरस (कोभिड–१९) मा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९ का स्थानीय बासिन्दा राम श्रेष्ठले चापाकोट अस्पताललाई पिपिई र नगर क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
कोरोनाको समयमा अग्रभागमा रहेका नागरिकको सेवामा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई लक्षित गरेर चापाकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले चापाकोट अस्पताललाई १० पिपिई र १ सय थान सर्जिकल माक्स सहयोग गरेका छन् । सहयोग सामाग्री अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं बसोबास गर्दै आएका श्रेष्ठले चापाकोट नगर क्षेत्रका विपन्न ३५ परिवारलाई खाद्यान्न समेत सहयोग गरेका छन् । उनले कोरोना भइरसका कारणले काम बिहीन भएका नगर क्षेत्रका ३५ घरपरिवारलाई ७ सय किलो खाद्यान्न सहयोग गरेका छन् ।
लोकतान्त्रिक कानून व्यवसायीका केन्द्रिय पूर्व कोषाध्यक्ष युवा समाजसेवि श्रेष्ठले नगर क्षेत्रका युवा क्लव आमा समूहलाई समेत विभिन्न समयमा नगद जिन्सी सहयोग गर्दै आएका छन् । श्रेष्ठले व्यक्तिगत स्वार्थका लागि सहयोग गर्नुको सट्टा सामाजिक काममा सहयोग गर्ने गरेको बताए ।
- स्याङ्जामा थपिए ४ जना संक्रमित संक्रमितको संख्या ६४ पुग्यो ।
- स्याङ्जा घर भई पोखरा बस्दै आएका ९० बर्षे बृद्धमा देखियो कोरोना संक्रमण
- स्याङ्जा-बिरुवाको क्वारेन्टीनमा बसेका भन्छन्,'२२ दिन भईसक्यो,रातभरी मछेटले सुत्न दिएन।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


