स्याङ्जा घर भई पोखरा बस्दै आएका ९० बर्षे बृद्धमा देखियो कोरोना संक्रमण

स्याङ्जा:
स्याङ्जाको वालिङ स्थायी घर भई हाल पोखराको भेडिफारम बस्दै आएका ९० बर्षे बृद्धमा कोरोना संक्रमण पुष्टी भएको छ ।
पोखरामा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उच्च रक्तचापसँगै युटिआई (पिसाबमा संक्रमण हुने) को समस्या २६ जेठमा पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल भर्ना भएका उनमा मंगलबार संक्रमण पुष्टि भएको हो ।
मंगलबार दिउँसो नै तनहुँका २ पुरूषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा शुक्लागण्डकी नगरपालिकाको क्वारेन्टीननमा बसेका १२ र ४६ वर्षे पु?ष छन । संक्रमितलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
मंगलबार बिहान मात्रै गण्डकीमा १८ जना संक्रमित थपिएका थिए । गण्डकी प्रदेशमा अहिलेसम्म २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन भने १ को मृत्यु भएको छ । वालिङ–३ घर भएका ५८ वर्षे पु?षको २५ जेठमा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।
स्याङ्जामा थपिए ४ जना संक्रमित संक्रमितको संख्या ६४ पुग्यो ।
स्याङ्जा-बिरुवाको क्वारेन्टीनमा बसेका भन्छन्,'२२ दिन भईसक्यो,रातभरी मछेटले सुत्न दिएन।
।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…