स्याङ्जा-बिरुवाको क्वारेन्टीनमा बसेका भन्छन्,’२२ दिन भईसक्यो,रातभरी मछेटले सुत्न दिएन।’
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. २ स्थित जामुनडाँडा माध्यामिक विद्यालयमा बनेको क्वारेन्टीनमा बसेका नै चिन्तीत भएका छन् । क्वारेन्टीनमा बसेको २२ दिन बितिसक्दा समेत कुनै निकायले समन्वय नगर्दा उनीहरु तनावमा परेका हुन् ।
विद्यालयको भवनमा आधारभूत संरचना तयार नगरि नाम मात्रको क्वारेन्टीन भनिएको छ । हामीलाई सुत्न सामान्य म्याट मात्र दिईएको क्वारेन्टीनमा विगत २२ दिनदेखि बस्दै आएका स्थानीय बिशाल राना मगरले क्वारेनटीन कष्ट भोग्दै बस्नु परेको सुनाए ।
“म नयाँदिल्ली गएको थिए फर्केर आएपछि क्वारेन्टीनमा बसेको १६ दिन बित्यो ।” स्थानीय हेम थापाले भने, “क्वारेन्टीन बाख्राको खोर जस्तो छ, आधारभूत सुविधा केहि छैन् ।” खान बस्नुको दुःख त थियो नै स्वाब लिएर गएको पनि १० दिन भयो रिपोर्ट नआउँदा थप त्रसित बन्नु परेको थापाले बताए ।
क्वारेन्टीन भवनको शौचालय दुर्गन्धित छ सरसफाई गर्न समेत कोहि नआएको उनले बताए । क्वारेन्टीनमा समस्या छ समस्याको सम्बोधन गरिदिन प¥यो भन्दा गाउँपालिकाले बजारमा केहि सामान पाईएको छैन् भन्छ क्वारेन्टीनमा सेनिटाईजर समेत नभएको थापाले जानकारी दिए ।
“एउटै कोठामा ५÷७ जनालाई राखेको छ, एउटा संक्रमित भए सबै संक्रमित हुने डर छ ।” जेठ १३ गते भारतबाट आएर क्वारेनटीनमा बसेका गणेश राना मगरले भने, “क्वारेनटीनमा बसेको २०÷२२ दिन भईसक्यो डरैडर लागेको छ ।” खाजा, खाना, पानी, सुत्ने ठाउँ सबै अभाव छ रातिभर लामखुट्टेले टोकेर सुत्न सकिदैन् उनले भने ।
.

क्वारेन्टीन बनेका ठाउँहरुलाई सुधार गर्दै लगेको बिरुवा गाउँपालिकाले जनाएको छ । शुरु शुरुमा निर्माण भएका क्वारेन्टीनमा केहि अभाब भएकै होला तर समय पाएपछि र गुनासो आएपछि सुधार गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार तत्कालै क्वारेन्टीनको सक्दो सुधार गरिने भएको छ ।
स्याङ्जाबाट संक्रलित स्वाब पोखरा पठाईएको छ तर रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताए । पोखरास्थित विधि विज्ञान प्रयोगशालामा संकलित स्वाब परिक्षणको क्रममा रहेको उनले जानकारी दिए । केहि दिनमा रिपोर्ट आउन सक्ने शर्माले बताए ।
स्याङ्जामा थपिए ४ जना संक्रमित संक्रमितको संख्या ६४ पुग्यो ।
स्याङ्जाका ९० बर्षे बृद्धमा देखियो कोरोना, गण्डकीमा संक्रमितको संख्या २२६
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


