स्याङजाको मध्य भागमा रहेको कालिका सामुदायीक अस्पताल कोरोना अस्पतालमा परिणत

kalika_hospital_syangja_pic

स्याङजा :
स्याङजाको मध्य भागमा रहेका कालिका सामुदायीक अस्पताललाई आईसोलेसन सहितको कोरोना अस्पतालमा परिणत गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि गण्डकी प्रदेशको सहयोगमा भीरकोटमा रहेको कालिका अस्पताललाई कोरोना अस्पतालमा परिणत गरिएको हो ।
संक्रमितको संख्या बढदै जान थालेको र जिल्ला अस्पतालमा ठाँउ नभएकाले विकल्पको रुपमा कालीका सामुदायीक अस्पताललाई कोरोना अस्पतालमा परिणत गरिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । डा. विन्दु शर्माले कोरोना संक्रमितलाई बाहिर बाहिर लैजादा नकरात्मक सन्देश जाने बताउदै कोरोना अस्पतालमा राख्दा विरामीका आफन्तहरुले पनि भेट्न सजिलो हुने बताउनु भयो ।
स्याङजामा रहेका ११ पालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पतालको पहलमा गण्डकी प्रदेशले कोरोना अस्पताल संचालनमा ल्याएको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।

.


कालिका सामुदायीक अस्पताललाई पहिलो चरणमा ६० शैयाको कोरोना अस्पतालको रुपमा संचालनमा ल्याईएको छ । आवश्यक परेको खण्डमा शैया थप्न सकिने जानकारी दिदै कोरोना संक्रमितलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री सबै उपलब्ध हुने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जिल्ला भित्र भारतबाट आउनेको संख्या दिनानुदिन बढ्दै गएको छ । गण्डकी प्रदेशको नाका राम्दीबाट मात्रै दैनिक जसो ४०/५० जना आउने गरेका छन् । भारतबाट आउनेहरुलाई किटको अभावमा आरडिटी गरिएको छैन् । उनीहरु सबैको पालैपालो पिसिआर परिक्षण गर्न शुरु गरिएको छ । महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणलाई सबै मिलेर न्यूनिकरण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनु भयो । प्रजिअ क्षेत्रीले कोरोना न्यूनिकरण गर्न जिल्लामा रहेका सबै पालिकाहरुले सह्रानिय कार्य गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले कोरोनाको संक्रमण रोक्न सबै सचेत हुनुपर्ने बताउदै संक्रमणबाट बच्न दुरी कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
स्याङजामा कोरोना संक्रमितको संख्या १२ जना पुगेपनि कोरोना अस्पताल हेलुमा चापाकोटका ४ जना र विरुवाका १ जना गरि पाँच जनालाई राखिएको छ, एक जनालाई पोखरा लगिएको छ भने अरु संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसन राखिएको छ ।

.

Facebook Comments Box
TOP