स्याङ्जामा देखिएका संक्रमित सबै भारतबाट आएका, एक साता नहुँदै १२ जनामा संक्रमण भेटियो
श्रीकृष्ण सिग्देल/स्याङ्जा : स्याङ्जामा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ । सिमा नाकामा अलपत्र परेका स्याङ्जावासीलाई उद्धार गरे सगै उनीहरुको पिसिआर टेष्ट हुन थालेपछि केही व्याक्तिमा कोरोना संक्रमण भेटिएको छ ।
स्याङ्जामा हाल ४ सय १४ जनालाई पिसिआर टेष्ट गरिएकोमा १२ जनालामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयाे । २ जनामा कोरोना संक्रमण देखिएर स्याङ्जा प्रवेश गरेको कोरोना भाईरस हाल ४ पालिकामा देखिएको छ ।
वालिङमा ५, गल्याङमा २, चापाकोट नगरपालिकामा ४ र विरुवा गाउपालिका १ गरी १२ जना भारतबाट आएका मानिसहरुमा संक्रमण देखिएको हो । ११ पुरुष र १ महिला रहेका छन् । ६जनाको जिल्ला अस्पतालमा, ५ जनाको कालिका सामुदायीक अस्पतालमा र एक जना महिलाको पोखरामा उपचार भइरहेको जिल्ला प्रमुख अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयाे । संक्रमितहरु २० बर्षदखि करिव ४५ बर्ष उमेरका रहेका छन् ।
१० बेडको मात्रै आइसुलेसन रहेको जिल्ला अस्पतालमा संक्रमितको संख्या बढ्दै जान थालेपछि भीरकोटस्थित कालिका सामुदायीक अस्पतालमा थप आइसुलेसनको तयारी भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिनुभयाे । जिल्लामा कोरोना संक्रमण बढ्दो छ प्रजिअ क्षेत्रीले भन्नुभयाे ‘यसबाट बच्न र बचाउन सबै तह र तप्काका व्यक्तिहरु लाग्नु आवश्यक छ ।’ जिल्लामा भारतबाट धेरै संख्यामा मानिसहरु आउने क्रम जारी रहेकाले स्याङ्जा पनि उच्च जोखिममा रहेकाले सबैले सजगता अपनाउन प्रजिअ क्षेत्रीकाे आग्रह छ । अहिले सम्म विभिन्न पालिकामा ७ सय २ जना क्वारेन्टाईनमा रहेका छन् ।
१ हजार २ सय १७ को आरडिटी, ४ सय १४ जनाको पिसिआर र ६३ जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयाे । आरडिटीबाट गरिएका सबै नेगेटिभ रहेका छन् भने पिसिआरबाट गरिएका मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमणको अवस्था बढ्दो रहेकाले स्याङ्जाका सर्वसाधरणहरुमा सन्त्रास फैलदो अवस्था रहेको छ ।
.
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


