गण्डकी प्रदेश : स्याङ्जाका २२ सहित थप ३२ जनामा कोरोना सङ्क्रमण

Gandaki_Pradesh

स्याङ्जा :
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ३ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
सबै भन्दा धेरै स्याङ्जामा संक्रमित थपिएकाछन् । जिल्लाको अर्जुनचौपारी गाँउपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना छन् भने पुतलीबजार, वालिङ र बिरुवाका एक एक जना रहेकाछन् ।
त्यस्तै बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जना रहेकाछन् । वालिङ र नवलपरासी पूर्बका संक्रमित आईसोलेसनमा नै छन भने अन्य संक्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ८ सय ३८ मध्ये १०१ जना निको भएर घर फर्किएका छन । सङ्क्रमित २ जनाको ज्यान गएको छ । उनीहरु दुबै जना स्याङजाका हुन् । बुधवार उपचारका क्रममा पोखरामा निधन भएका स्याङजाको आँधीखोलाका ५५ बर्षका पुरुषको शव बिहिबार पोखरामा नै व्यवस्थापन गरिएको छ ।

स्याङ्जामा १२ महिनाको बच्चा सहित थपिए २२ संक्रमित,१९ जना संक्रमित एउटै पालिकाका

Facebook Comments Box
TOP