गण्डकी प्रदेश : स्याङ्जाका २२ सहित थप ३२ जनामा कोरोना सङ्क्रमण
स्याङ्जा :
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ३ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
सबै भन्दा धेरै स्याङ्जामा संक्रमित थपिएकाछन् । जिल्लाको अर्जुनचौपारी गाँउपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना छन् भने पुतलीबजार, वालिङ र बिरुवाका एक एक जना रहेकाछन् ।
त्यस्तै बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जना रहेकाछन् । वालिङ र नवलपरासी पूर्बका संक्रमित आईसोलेसनमा नै छन भने अन्य संक्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ८ सय ३८ मध्ये १०१ जना निको भएर घर फर्किएका छन । सङ्क्रमित २ जनाको ज्यान गएको छ । उनीहरु दुबै जना स्याङजाका हुन् । बुधवार उपचारका क्रममा पोखरामा निधन भएका स्याङजाको आँधीखोलाका ५५ बर्षका पुरुषको शव बिहिबार पोखरामा नै व्यवस्थापन गरिएको छ ।
स्याङ्जामा १२ महिनाको बच्चा सहित थपिए २२ संक्रमित,१९ जना संक्रमित एउटै पालिकाका
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


