स्याङ्जामा १२ महिनाको बच्चा सहित थपिए २२ संक्रमित,१९ जना संक्रमित एउटै पालिकाका

स्याङ्जा :
स्याङ्जामा आज २२ जना कोरोना संक्रमित थपिएकाछन् । १२ महिनाको बच्चा, ६ महिला सहित २२ जना थपिएका हुन् ।
नयाँ थपिनेमा अर्जुनचौपारी गाँउपालिकाका १९ जना रहेकाछन् जसमा १२ महिनाको बच्चा, ६ महिला र अन्य पुरुष रहेकाछन् ।
त्यस्तै पुतलीबजार नगरपालिकाका १ पुरुष, बिरुवाका १ पुरुष र वालिङका १ पुरुष रहेकाछन् ।
यो सँगै स्याङ्जाका १५९ जना संक्रमित मध्ये २२ जना निको भएर घर फर्किएकाछन् । दुई जना संक्रमितको भने निधन भईसकेको छ ।

.

Facebook Comments Box
TOP