स्याङ्जा-कोरोना संक्रमित बढेपछि गल्याङ अस्पताललाई आईसोलेसनमा परिणत गरिदै
आँधीखोला खबर :
स्याङ्जामा कोरोना संक्रमित बढेपछि गल्याङ नगर अस्पताललाई आईसोलेसनमा परिणत गरिने भएको छ । आज स्याङजाका प्रमुख जिल्ला अधिकारी सहतिको टोलीले अस्पतालको अनुगमन तथा निरिक्षण गरि आईसोलेसनको तयारी शुरु गरेको हो ।
स्याङजाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा ६० शैयाको र जिल्ला अस्पतालमा १० शैयाको आईसेलेशन रहेको भए पनि अव त्यो कम हुने अवस्थामा आएको थियो ।
आईतबार नगरप्रमुख भुपराज अधिकारी, सहित प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, जिल्ला प्रहरी प्रमुख विमलराज कंडेल सहितको टोलीले अस्पतालको निरिक्षण गरेको छ । अस्पतालमा दुईदिनभित्रमा ५० जना क्षमताको आईसोलेसन निर्माण गरिने प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो ।
अहिले सम्म जिल्लामा भेटिएका संक्रमित सबै भारतबाट आएका हुन् । स्याङजामा संक्रमितको संख्या ३८ पुगेको छ । सोमवार मात्रै कोरोना संक्रमित एक जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
भिडियो : वालिङमा संक्रमित किन बढिरहेका छन् त हेर्नुेहास नगरप्रमुख खाँणको भनाई
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


