कोरोना पुष्टी भएका वालिङका एक जनाको पाेखरामा निधन (यस्तो छ ट्राभल हिस्ट्रि)
वालिङ :
कोरोना पोजेटिभ भेटिएका वालिङका एक जनाको पोखरामा निधन भएको छ । उनको आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
वालिङका ६० बर्षका पुरुषमा हिजो साँझ मात्रै कोरोना पुष्टी भएको थियो ।
जेठ २१ गते राती भारतबाट वालिङ आईपुगेका ती पुरुषलाई २२ गते बिहानै पोखरा पठाईएको थियो । बिभिन्न रोगका बिरामी भएको जानकारी पाए पछि तत्कालै पोखरा पठाईएको वालिङ नगरपालिकाले जनाएको छ ।
भारतको दिल्लीमा बस्दै आएका ति व्यक्ति सुनौली सम्म बिभिन्न सवारी साधानमा आएका र सुनौलीबाट नगरपालिकाको समन्वयमा गाडी रिजर्भ गरेर आएका थिए । सुनौलीबाट श्रीमान् श्रीमती मात्रै आएका वालिङले जनाएको छ ।
उनमा मृगौला, सुगर लगायतका समस्या पहिलेबाट नै भएको बताईएको छ ।
भिडियो : वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
.

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


