पहिरोले घर पुर्दा स्याङ्जाको गल्याङमा १ जनाको ज्यान गयो

भूपराज बस्याल/गल्याङ :
अविरल बर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जाको गल्याङमा एक जनाको ज्यान गएको छ ।
पहिरोमा परेर गल्याङ नगरपालिका ९ साङलियका ४९ बर्षीय यम बहादुर बिकको ज्यान गएको वडा अध्यक्ष हरि खनालले जानकारी दिनुभयो । राती २/३ बजे तिर माथिबाट आएको पहिरोमा परि उनकी श्रीमती फुलमाया बि.क.घाईते भएकीछन् । उनलाई उपचारका लागि पाल्पा लगिएको छ ।
४ जनाको परिवार रहेको बिकको परिवारमा एक जना भने सकुशल रहेकाछन् ।
घटना स्थल तर्फ प्रहरी गईसकेको जानकारी दिदै स्याङ्जाका प्रमरी प्रमुख एसपी बिमलराज कणेलले थप जानकारी आउन बाँकी रहेको जानकारी दिनुभयो ।

.

Facebook Comments Box
TOP