एकैदिन ४४८ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो
काठमाडौं : नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४४८ जनामा संक्रमण पुष्टि भएको बताउनु भयाे
योसँगै कुल संक्रमितको संख्या पाँच हजार ६२ पुगेको उहाँले जानकारी दिनुभयाे ।
हालसम्म देशभरका विभिन्न अस्पतालबाट ८७७ जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएका छन् ।
देशभर हालसम्म एक लाख २१ हजार ८६२ ‘पीसीआर’ परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ जनाको ‘आरडीटी’ परीक्षण गरिएको छ ।
पछिल्लो २४ घन्टामा पाँच हजार ९२५ पीसीआर परीक्षण गरिएको उहाँले बताउनु भयाे ।
देशभरका ‘क्वारेन्टिन’मा हाल एक लाख ५८ हजार ५० मानिसहरु रहेका छन् । देशभरका ‘आइसोलेसन’मा चार हजार १६९ कोरोना संक्रमित रहेका छन् ।
नेपालमा कोरोना संक्रमितमध्ये हालसम्म १६ जनाको मृत्यु भएको छ ।
स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


